राष्ट्र बैंकको निर्देशन विपरित कर्जा प्रवाह गर्ने मेगा बैंक कारबाहीमा

116

लक्ष्मी र कुमारी बैंक पनि परे कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन अनुसार काम कारबाही नगर्ने र आफुखुशी सञ्चालन हुदै आएको केही बैंकहरुलाई केन्द्रीय बैंकले कारबाही गरेको छ । यसरी कारबाहीमा अहिले ३ वटा बैंकमाथी कारबाही गरेको राष्ट्र बैंकबाट प्राप्त पत्रमा उल्लेख छ । राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरुले विपन्न वर्ग क्षेत्रमा अनिवार्य रुपमा पाँच प्र्रतिशत कर्जा प्रवाह गर्नुुपर्छ । आर्थिक वर्ष २०७४/०७५ मा राष्ट्र बैंकको निर्देशन अनुसार कर्जा प्रवाह नगरी निर्देशन विपरित सञ्चालन भएको भन्दै मेगा बैंकलगायत अन्य बैंकलाई कारबाही गरेको हो। यसरी कारबाहीमा परेका बैंकहरुमा लक्ष्मी बैंक, मेगा बैंक र कुमारी बैंकले विपन्न वर्गमा प्रवाह गर्नुपर्ने तोकिएको कर्जा अनुुपात कायम नगरेपश्चात् कारबाही गरिएको नेपाल राष्ट्र बैंकको वाणिज्य बैंक सुुपरिवेक्षण विभागले जनाएको छ ।

कारबाहीमा परेकामध्ये लक्ष्मी बंैक र मेगा बैंकले आर्थिक वर्ष २०७४/०७५ को दोस्रो त्रैमासिकमा विपन्न वर्गमा छुुट्याइएको कर्जा अनुपात कायम नगरेपछि कारबाही गरिएको हो । सोमध्ये लक्ष्मी बैंकलाई पाँच लाख ४० हजार दुुई सय २४ रुपैयाँ र मेगा बैंकलाई दुई लाख २६ हजार नौ सय ७८ रुपैयाँ जरिवाना तिराइएको हो । कुमारी बैंकलाई भने आर्थिक वर्ष २०७४/०७५ मा पाँच प्रतिशत विपन्न वर्ग कर्जा अनुपात कायम नगरेको आधारमा चार लाख ४९ हजार चार सय ९२ रुपैयाँ जरिवाना तिराइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसैबीच नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई विदेशी ऋणको सावाँ ब्याज असुुली तथा डिफल्ट भएका ऋणीहरुको धितो लिलामीसम्मका प्रक्रिया पूरा गर्ने गरी समग्र ऋण व्यवस्थापनको लागि वाणिज्य बैंकहरुलाई एजेन्सी सेवा प्रदान गर्नसक्ने अनुुमति दिएको छ । यसको लागि विदेशी मुुद्रामा ऋण प्राप्त गर्नुुअघि प्रचलित व्यवस्थाबमोजिम सम्बन्धित निकायबाट स्वीकृति लिएको हुुनुपर्नेछ । यसैगरी यस्तो ऋण भित्र्याउनको लागि राष्ट्र बैंकबाट समेत स्वीकृति लिएको हुुुनुुपर्नेछ । यसरी स्वीकृति माग गर्दा ऋण व्यवस्थापन, खाता व्यवस्थापन सम्बन्धित त्रिपक्षीय सम्झौता पेश गर्नुुपर्नेछ भने सो प्रयोजनको लागि व्यवस्थापक भई कार्य गर्दा लिने जिम्मेवारीहरु र सोबापतको लिने कमिसन तथा शुल्क पनि सम्झौतामा उल्लेख गर्नुुपर्नेछ ।
राष्ट्र बैंकका अनुसार ऋणको ब्याज वा लगानी बिक्री परियोजना बिक्री वा सुरक्षणमा लिएको सम्पत्ति बिक्री गरी विदेशी लगानीकर्ताको लागि रकम फिर्ता पठाउनुुपर्दा नियमानुसार राष्ट्र बैंकको स्वीकृति लिनुुपर्नेछ । यसरी रकम पठाउनुुपर्दा प्रचलित व्यवस्थाबमोजिम कर तिरेको हुुनुपर्नेछ । राष्ट्र बैंकका अनुसार विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायहरुलाई जारी गरिएको एकीकृत परिपत्र २०७४ संशोधन गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको समाचार सुरेश राउतले आर्थिक दैनिकमा लेखेका छन् ।
कुन बैंकको जरिवाना कति ?
क्र.सं. बैंकको नाम जरिवाना रकम (रुपैयाँमा) 

१ लक्ष्मी बैंक ५४०२२४.७७
२ मेगा बैंक २२६९७८.३३
३ कुमारी बैंक ४४९४९२.४५
(स्रोत : नेपाल राष्ट्र बैंक वाणिज्य बैंक सुुपरिवेक्षण विभाग)

Facebook Comments

LEAVE A REPLY