डिएसपी सा’ब किन चलाइयो वेश्यालय ?

92

काठमाण्डौ / उपत्यकाका जनघनत्व बढसँग नेपाल प्रहरीले यसअघि इन्सपेक्टरको नेतृत्वमा चलाएको कार्यालयहरुमा यतिवेला डिएसपि तैनाथ छन् । आपराधिक क्रियाकलापमा बन्देज लगाउन र शान्ति सुरक्षाको जिम्मेवारी लिएको प्रहरीकै कारण काठमाण्डौका कतिपय स्थानमा खुलेआम वेश्यालयको झल्को दिने यौन गतिविधी संचालन हुने अड्डा निवधि ढंगले चलिरहेका छन् । प्रहरी भने वेखवरको अभिनय गरेर हप्ता असुली चुर्लम्मै डुबेको छ ।

ठमेलका यौनलीला हुने अड्डा बन्द गरेको प्रहरीले बताए पनि त्यहाँ अझैपनि यौनजन्य गतिविधि भइरहेकै हुन् । अहिले नयाँबसपार्क क्षेत्र, बौद्ध जोरपाटी क्षेत्र, वानेश्वर, कपन, गौशाला क्षेत्रमा त्यस्ता वेश्यालय संचालनमा हुने । सरकारी कार्यालय झै शनिवार बिदा हुने र दशबजेबाट पाँचबजे सम्म सेवाग्राही लाई सेवादिने वेश्यालयका बारेमा पद्रहरी अधिकारीहरु जानकार रहेपनि बन्द गराएका छैनन् । व्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेत्र गरेपछि उपत्यकाका विभिन्न स्थानमा मिनि क्यासिनो संचालनमा आएको प्रहरीको भनाई अनुसारकै हाराहरीमा त्यस्ता यौन धन्दा चलाइने कोठीहरु पर्याप्त हुन् । पुतलीसडक न्युप्लाजा क्षेत्रका तीनवटा गर्ल होस्टेलमा त भित्रै यौन् धन्दा हुने गरेको पाईएको छ । त्यही प्रकारको सुचना चुहावट भएपछि प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले केही महिनाअघि होस्टेल अप्रेशन गरेको थियो ।

पछिल्ला केही महिनायताबाट गौशाला, सिनामंगल र बानेश्वरमा चियापसल, ब्युटीपार्लर र गर्ल होस्टेलको ब्यानरमा यौन धन्दा मौलाएको छ । अझ कतिपय डिआइजी निवासको आवरणमा देखिने घरमा यौनजन्य गतिविधि संचालन भएको स्रोतको भनाई छ ।

विशेषगरी गौशाला धीमसेनगोला इलाकामा त यतिवेला त्यस्त वेश्यालयहरु निवधि रुपमा चलिरहेका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिमलेन्द्र निधि बस्ने भीमसेन गोला छेउमा उनको निवास नजिकै रहेको घरमा वेश्यालय संचालन भएको उजुरी प्रहरीकोमा पुगेपनि प्रहरीले केही कारबाही गरेन ।

नेपाली सेनाका एकजना मेजरको घरमा त्यसरी अफिसिएल टाइममा मात्र हुने यौनजन्य गतिविधिको गाईगृह हल्ला भएपछि त्यहाँबाट उक्त अड्डा अन्यत्रै सरेको स्रोतको भनाई छ ।

गौशालाका स्थानीयवासीले प्रहरी बृतमा वेश्यालय संचालनमा रोक लगाउन आधा दर्जन बढी उजुरी दिएको महिनौ बितिसक्दा पनि कारबाही भएको छैन् । गौशाला चोकको भित्रबाट पुरानोवानेश्वर हुदै भीमसेन गोला जानेबाटोमा, पिंगलास्थल हुदै विजयचोक निस्कने बाटोका अधिकांश घरमा लुकिछिपी यौनधन्दा हुने गरेको छ । तर प्रहरीले त्यस्तालाई कारशबाही गर्न‘ त परको कुरा सचेत समेत गराएको छैन । स्रोतका अनुसार गौशाला प्रहरी त्यस्ता अड्डाबाट हप्रामा पाँचदेखी बीसहजार सम्म असुल्ने गरेको छ ।

Facebook Comments

LEAVE A REPLY