नेपाल आइडलका सागर आलेको गीतमा पल शाह र मिरा कार्कीको यस्तो रोमान्स (भिडियो)

39

नेपाल आइडलका सागर आलेको नयाँ गीत सार्वजनिक भएको छ ।नेपाल आइडलको पहिलो सिजनका चौथा विजेता सागर आलेको स्वरमा सजिएको ‘प्रेमको साम्राज्य’ बोलको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको हो । एपीवान टिभीबाट प्रशारित सो प्रतियोगितामा चौथो स्थान हाँसिल गरेका आले तथा गायिका जितु लोप्चनको स्वरमा रहेको ‘प्रेमको साम्राज्य’ बोलको म्युजिक भिडियोमा डीपी खनालको शव्द रचना, मनोज थापामगरको संगीत र फडिन्द्र राईको एरेन्जमा बनेको छ ।

भिडियोमा नायक पल शाह र मोडल मिरा कार्कीले अभिनय गरेका छन् । यस्तै अभि लामाको कोरियोग्राफी, फराज अर्पनको छायांकनमा बनेको उक्त भिडियोलाई सुर्य लामाले निर्देशन गरेका छन् ।

Facebook Comments

LEAVE A REPLY