सिभिल ग्रुपको ठगीधन्दा : शक्ति र पैसाको भरमा अबैध कारोबार

40

रोशन कार्की
शक्ति र पैसाकै आड्मा आफुलाई उच्चकोटीको व्यवसायीको उपमा दिएर आएका अधिकाशं व्यवसायीहरुद्वारा विभिन्न योजनाको नाममा उपभोक्तामाथी लुटको व्यापार चलाउदै आएका छन् । प्रायःजसो सत्ताशिन पार्टीको विश्वासिलो पात्र बनेर करोडौ रुपैयाँ कमिशन दिएर अबैध कारोबार र उपभोक्ता ठगी गर्ने कार्य पछिल्लो पटक अझै तीब्रता पाएको छ । सरकारद्वारा नियन्त्रण नगरिदा सोको मौका छोप्दै हाउजिङको नाममा अर्बौ रुपैयाँ ठगी गरिदा पनि सरकार मौन बसेको पाईएको छ ।

पछिल्लो पटक प्राप्त जानकारी अनुसार काठमाडौं उपत्यकामा सुलभ मुल्यमा सुविधा सम्पन्न आवास उपलब्ध गराउने भन्दै खुलेको सिभिल होम्सका सञ्चालकद्वारा ठगी कार्य जारी राखेको पाइएको छ । जसले खरिदकर्तासँग भएको सम्झौता विपरित काम गरिहेको तथ्य खुलेको छ । सिभिलले उपत्यकाका विभिन्न स्थानमा आवासीय भवन निर्माण गर्दा सरकारी निकायबाट लिएका प्लानिङ पर्मिट अनुसारको काम समेत गरेको छैन । उपत्यकाका विभिन्न ठाउँमा फरक–फरक चरणमा गरेर फेज १ देखि फेज ९ सम्म निर्माण गरिएका र निर्माणको क्रममा रहेका हाउजिङहरु निर्माण गर्दा, काठमाडौं उपत्यका नगर विकास कार्यान्वयन समिति, काठमाडौं उपत्यका विकास प्राधिकरण लगाएतका सरकारी निकायसँग गरेको प्रतिवद्धता विपरित काम गरेको देखिएको हो ।

सिभिल होम्सले प्लानिङ पर्मिट लिँदा भवन निर्माण सम्पन्न भईसकेपछि मात्र बिक्री वितरण गर्ने भनिएपनि निर्माण नहुँदै बिक्री गरी रजिस्ट्रेसन पारित गरेको छ । यतिमात्र होइन, ९० प्रतिशत घरधनीलाई हालसम्म पनि निर्माण सम्पन्न प्रतिवेदन उपलब्ध गराएको छैन । सिभिल होम्सले सो अपार्टमेन्ट खरिदकर्तालाई निर्माण सम्पन्नको कागज नदिएको आरोप लगाएका छन् । यता सिभिल होम्सको फेज ६ मा घर किनेर बसेकाहरु पनि सोही समस्याबाट पीडित भएका छन् । सो कम्पनीले निर्माण सम्पन्न प्रमाण पत्र दिएको भन्दै बाहिर भने झुटको प्रचार गर्दै आएको छ । सिभिलले स्वच्छ खानेपानि दिने शर्तको पालना नगरी बोरीङ गरेको धमिलो पानी दिएको र सो पानी पिउन योग्य नभएको पीडितहरुको गुनासो छ ।
भने सो घर खदिल गर्नेहरुले हाउजिङ भित्रका सबै संरचनाको स्वामित्व सामुहिक रुपमा घर धनीहरुको हुनुपर्ने भएपनि सिभिल होम्सले उक्त स्वामित्व हस्तान्तरण गरेको छैन । हाउजिङ निर्माण भएका ठाउँ भित्रको सडक, पार्किङ, पार्क लगायत खुला ठाउँको लालपुर्जा घरधनीलाई हस्तान्तरण गरिएको छैन । सिभिल होम्सले निर्माण गरेका हाउजिङभित्र रहेको सडक सरकारी नक्साङ्कनमा रहेको छैन । सिभिल होम्सले संयुक्त आवास (हाउजिङ) निर्माण गर्दा एउटा हरित क्षेत्र निर्माण गर्ने र हरेक घरमा २ वटा रुख रोप्ने प्रतिवद्धता उपत्यका विकास प्राधिकरणलाई बुझाएको पाइएको छ तर, सो प्रतिवद्धताअनुरुप कुनै पनि हाउजिङमा हरित क्षेत्र निर्माण, वृक्षारोपण, र मठ मन्दिर निर्माण क्षेत्र छुट्टाईएको छैन ।कम्पनीले स्वीकृत भन्दा बढी भवन निर्माण गरी सडक र खुला मैदानको क्षेत्र समेत घटाएको छ । भवन किन्दा आफुहरुलाई कम्पनीले जनाएका प्रतिवद्धता पुरा नगरेपछि पिडीतहरुले अहिले सिभिल होम्स विरुद्ध संघर्ष समिति नै गठन गरेका विरोधमा उत्रेका छन् ।

सो बारे सिभिल ग्रुपका सञ्चालक इच्छाराज तामाङसँग पटकपटक सम्पर्क गर्दा पनि उनी सम्र्पकमा आउन चाहेनन् । तर सो ग्रुपको ल्याण्डलाइन फोनमा सम्र्पक गर्दा फोन उठाउनेले नाम नभनि ‘आपूmहरुले नियमविपरित काम नगरेको, कहिकतै साना तिना समस्या बाहेक ग्राहकसँग गरेको सम्झौतामा कतैपनि तलमाथी भएको छैन, जुन हाम्रा विरोधीले चलाएको हल्लामात्र हो ।’ भन्दै फोन राखेका थिए ।

सिमिल होम्सले ग्राहकलाई गरेको अन्याय यतिमा मात्र सिमित छैन, हस्तान्तरण भईसकेका बस्ती भित्रका अन्य संरचना सरकारीकरण गरिनुपर्ने नियम भएपनि त्यसो हुन सकेको छैन । खरिदकर्ताका अनुसार सर्बोच्च अदालतले समेत हस्तान्तरण गरिसकेको कोलोनी भित्रका संरचनामा कोलोनिबासीकै अधिकार हुने फैसला गरेपनि सिभिल होम्सले भने त्यो फैसला मानेको छैन । सडक, पार्किङ, स्वमिङपुल, पार्कलगायत खुला ठाउँको लालपुर्जा अहिले पनि सिभिल ग्रुप सँगै छ । अर्कातिर सिभिल होम्स भित्रका घरमा आगलागी भएमा नियन्त्रणका लागि आउने दमकल समेत दोहोर आवतजावत गर्न नसक्ने बाटो छ ।

Facebook Comments

LEAVE A REPLY