१२ दिने एक शिशुलाई आमाको काखबाट खोसेर निर्मम तरिकाले हत्या गर्‍यो बाँदरले

72

नयाँदिल्ली – भारतमा बाँदरले काखबाट शिशु खोसेर हत्या गरेको छ । भारतको आग्रामा आमाको दूध चुसिरहेका १२ दिने एक शिशुलाई काखबाट खोसेर मारिदिएको हो । एक्कासी घरभित्र पसेको बाँदरले शिशुलाई काखबाट खोसेर लगेपछि स्थानीयले बाँदरलाई लखेटेका थिए । शिशुलाई लिएको बाँदरलाइ स्थानीयले लखेटेपछी शिशुलाई छिमेकीको छतमा फ्याँकिदिएको बताइएको छ । १२ दिने शिशुलाई बाँदरले लछारपछार गर्दै टोकेकाले गम्भीर घाइते भएका थिए ।

 

गम्भीर घाइते भएका शिशुलाइ तत्कालै अस्पताल पुर्याइए पनि बचाउन नसकिएको परिवारले जनाएको छ । उक्त क्षेत्रमा बाँदरको आतंकले स्थानीय त्रसित रहेको साथै दुई महिना अघि पनि बाँदरको आक्रमण परी एक बालक सख्त घाइते भएको स्थानीयले बताएका छन् ।

Facebook Comments

LEAVE A REPLY