बेवारिसे शव फेला

21

सर्लाही,   सर्लाही सदरमुकाम मलङ्गवामा आज एक पुरुषको बेवारिसे शव फेला परेको छ ।

मलङ्गवा–९ मन्दिरस्थित नाम, वतन नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक व्यक्ति मलङ्गवा बजारमा बोतल सिसी सङ्कलन गर्ने र मागी खाँदै आएको स्थानीयवासीले जनाएका छन् । शव सर्लाही अस्पताल मलङ्गवामा राखिएको छ । रासस

Facebook Comments

LEAVE A REPLY