मनकामनामा माताले सबैको मनोकामना पुरा गरुन : आजको राशिफल : २०७५ साल कार्तिक २२ गते विहिबार

22

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्गश्रीसूर्य दक्षिणायन,शरदृतु,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,सम्वत २०७५ साल कार्तिक २२ गते विहिबार नेपाल सम्बत ११३९ कछलाथ्व,सन् २०१८ नोभेम्बर ८ तारिक शुक्लपक्ष प्रतिपदा तिथि राती ९ वजेर ६ मिनेटसम्म,विशखा नक्षत्र राती ८ वजेर ४३ मिनेटसम्म,सौभाग्ययोग,किस्तुघ्न करण,आनन्दादियोग प्रवद्र्ध,सूर्य तुला राशीमा,चन्द्रमा अपरान्ह २ वजेर ३५ मिनेटसम्म तुला उप्रान्त वृश्चिक राशीमा ।

वारवेला,मुहूर्त र राशी : ॐःराहुकालः–अशुभ अपरान्ह १÷९ वजेबाट अपरान्ह २÷३१वजेसम्म रहनेछ,अशुभ यमघण्टायोगः–विहान ६÷२०वजेबाट ७÷४२ वजेसम्म रहनेछ । गुली कालः–सामान्य विहान९÷४ वजेबाट १०÷२६ वजेसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान९÷५८ वजेबाट १०÷४२ वजेसम्म र अपरान्ह २÷२० वजेबाट ३÷३ वजेसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷२५ वजेबाट मध्यान्ह १२÷९ वजेसम्म रहनेछ ।

ॐःसूर्योदयबाट प्रातः ७÷४१ वजेसम्म शुभवेला,७÷४१ वजेबाट ९÷३ वजेसम्म रोगवेला,९÷३ वजेबाट १०÷२५ वजेसम्म उद्वेगवेला,१०÷२५ वजेबाट ११÷४६ वजेसम्म चरवेला,११÷४६ वजेबाट १÷८ वजेसम्म लाभ वेला,१÷८वजेबाट २÷३० वजेसम्म अमृतवेला,२÷३० वजेबाट ३÷५१ वजेसम्म काल वेला र ३÷५१ वजेबाट सूर्यास्तसम्म शुभवेला रहनेछ ।

ॐःसूर्यास्तबाट ६÷५२ वजेसम्म अमृतवेला,६÷५२वजेबाट ८÷३० वजेसम्म चर वेला,८÷३० वजेबाट १०÷८ वजेसम्म रोग वेला,१०÷८ वजेबाट ११÷४७ वजेसम्म काल वेला,११÷४७ वजेबाट १÷२५ वजेसम्म लाभवेला,१÷२५ वजेबाट ३÷४ वजेसम्म उद्वेग वेला,३÷४ वजेबाट ४÷४२ वजेसम्म शुभ र ४÷४२ वजेबाट सूर्योदयसम्म अमृतवेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

मेष

काममा ढिला सुस्ति आलस तालस नगर्नु होला उपलब्धि हात लाग्यो शून्य हुनसक्छ । मध्यान्ह पछिको समयले कम साथ दिनेछ । बन्न लागेका काम पनि रोकिन सक्छन् । खर्च र मानसिक तनाव बढ्नेछ ।

बृष

कार्य लगनशिलता विस्तारै बढ्ने देखिन्छ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । आम्दानीका स्रोत बढ्ने छन् । नया कामको बारेमा विचार विमर्श हुनेछ । मुद्धा जितिने छ ।विवादको अन्त्य हुनेछ ।

मिथुन

समयमा काम गर्न सकिएन भने अरुले अधिकार जमाउने छन् । आर्थिक कारोवारमा समस्या आउन सक्छ । मन अस्थिर हुनेछ । काम गर्ने जोश जागर घट्नेछ । अरुबाट सहयोगको अपेक्षा नराख्नु होला ।

कर्कट

काम गर्दा विभिन्न समस्या झेल्नु पर्ला । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । घरका कुराले मन दिक्क हुनेछ । घर बाहिर बसेर काम गर्दा बढि अनुकुल होला । साँझपख समयमा सामान्य सुधार आउनेछ ।

सिंह

पूर्वान्हमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मध्यानह पछि भने काममा मन जाने छैन । पारिवारिक खर्च बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।

कन्या

धनका कुराले बढि पिरोल्नेछ । कार्य लगनशिलता बढ्नेछ । भ्रमबाट मुक्त भई काम गर्नु होला । घरका समस्या विस्तारै समाधान भएर जानेछन् । व्यापार व्यवसायमा सुधारका संकेट देखिने छन् ।

तुला

दिन उतार चढावमा वित्नेछ । हेलचक्र्याई गरेर कुनै काम नगर्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य लाभ होला । आफन्तको सहयोग अल्प मिल्नेछ ।

बृश्चिक

विवादबाट टाढा बस्नु होला । अनावस्यक दोष लाग्न सक्छ । मध्यान्ह पछि भने समयमा सुधार आउनेछ । मनमा उत्साहा बढ्नेछ । गरेका काममा सफलता मिल्नेछ । आम्दानी बढ्नेछ ।

धनु

पूर्वान्ह अनुकुल देखिन्छ काममा विलम्ब नगर्नु होला । बक्यौता रकम उठ्न सक्छ,प्रयत्न गरेको खण्डमा । आर्थिक कारोवारमा चनाखो रहनु होला । अपरान्ह पछिको समय बढि अलमलमा व्यतित हुनेछ ।

मकर

अनुकुल बातावरणमा काम गर्न पाईनेछ । विरोधी कमजोर बन्ने छन् । सहज र सरल तरिकाले कार्य सम्पादन हुनेछन् । गरेका कामबाट लाभ पनि राम्रै होला । नयाँ कामको अवसर आउन सक्छ ।

कुम्भ

समयको गति सगै काममा सुधार आउनेछ । विना सोच विचार कुनै क्षेत्रमा पनि लगानी नगर्नु होला । कार्य लगनशिलता बढ्नेछ । धार्मिक गति विधिहरु बढ्ने छन् । आफन्तबाट सहयोग पाईनेछ । कारोवारमा सुधार आउनेछ ।

मीन

इज्जत प्रतिष्ठामा आच आउन सक्छ,सर्तक रहनु होला । सन्तानको बारेमा बढि चिन्ता हुनेछ । पढाई लेखाईमा अवरोध आउन सक्छ । लेनदेनका कुराले मनलाई अशान्ति बनाउनेछ । साँझपख समयमा सामान्य सुधार आउनेछ ।
Facebook Comments

LEAVE A REPLY