२०७५ साल कार्तिक २१ गते बुधबार आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल”

43

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग श्रीसूर्य दक्षिणायन,शरदृतु,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,सम्वत २०७५ साल कार्तिक २१ गते बुधबार नेपाल सम्बत ११३८कौलागा,सन् २०१८ नोभेम्बर ७ तारिक कृष्णपक्ष औसी तिथि राती ९ वजेर २२ मिनेटसम्म,स्वाती नक्षत्र राती ८ वजेर २३ मिनेटसम्म,आयुष्मानयोग,चतुष्पदकरण,आनन्दादियोग ध्रूम्र,सूर्य तुला राशीमा,चन्द्रमा पनि तुला राशीमा ।

वारवेला,मुहूर्त र राशी ॐःराहुकालः–अशुभ पूर्वान्ह ११÷४७ वजेबाट अपरान्ह १÷९वजेसम्म रहनेछ,अशुभ यमघण्टायोगः–विहान ७÷४२वजेबाट ९÷३ वजेसम्म रहनेछ । गुली कालः–सामान्य पूर्वान्ह १०÷२५ वजेबाट ११÷४७ वजेसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ पूर्वान्ह ११÷२५ वजेबाट मध्यान्ह १२÷९ वजेसम्म रहनेछ ।अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷२५ वजेबाट मध्यान्ह १२÷९ वजेसम्म रहनेछ ।ॐःसूर्योदयबाट प्रातः ७÷४१ वजेसम्म लाभवेला,७÷४१ वजेबाट ९÷३ वजेसम्म अमृतवेला,९÷३ वजेबाट १०÷२५ वजेसम्म कालवेला,१०÷२५ वजेबाट ११÷४७ वजेसम्म शुभवेला,११÷४७ वजेबाट १÷८ वजेसम्म रोग वेला,१÷८वजेबाट २÷३० वजेसम्म उद्वेगवेला,२÷३० वजेबाट ३÷५२ वजेसम्म चर वेला र ३÷५२ वजेबाट सूर्यास्तसम्म लाभवेला रहनेछ ।ॐःसूर्यास्तबाट ६÷५३ वजेसम्म उद्वेगवेला,६÷५३वजेबाट ८÷३१ वजेसम्म शुभ वेला,८÷३१ वजेबाट १०÷९ वजेसम्म अमृतवेला,१०÷९ वजेबाट ११÷४७ वजेसम्म चर वेला,११÷४७ वजेबाट १÷२५ वजेसम्म रोगवेला,१÷२५ वजेबाट ३÷३ वजेसम्म काल वेला,३÷३ वजेबाट ४÷४१ वजेसम्म लाभ र ४÷४१ वजेबाट सूर्योदयसम्म उद्वेगवेला रहनेछ ।

मेष

मेषः– दिन सामान्य अनुकुल देखिन्छ काममा विलम्ब नगर्नु होला । विलम्ब गरी गरेका कामबाट उचित प्रतिफल पाईने छैन । अरुको भर नपर्नु होला,परिवारको सहयोग लिएर काम गर्नु होला । भ्रमणमा नलाग्नु होला ।

बृष

वृषः– मनोबल बढाउनु पर्ने देखिन्छ । कामको मुल्याङ्कन हुने छैन । परिश्रमको फल पाईनेछ । कारोवारमा ध्यान दिनु होला । व्यापार व्यवसायमा सम्भावना राम्रै देखिन्छ । विवादमा नफस्नु होला । आम्दानी बढ्ला ।

मिथुन

मिथुनः–काम थोरै अलमल धेरै हुनसक्छ । काम काजमा विलम्ब हुने वा विग्रिने सम्भावना देखिन्छ । यात्रामा कठिनाई हुनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । दिएको धन फिर्ता हुने सम्भावना कम देखिन्छ ।

कर्कट

कर्कटः–मानसिक चिन्ता बढ्नेछ । आफ्नै कारण काम काजमा विलम्व हुनेछ,जसका कारण अरुले फाइदा लुट्ने छन् । समस्याको घेराबाट बाहिर जान पाईने छै्रन । घरयासी खर्च बढ्नेछ । रिस,क्रोध र अहंकार बढ्नेछ ।

सिंह

सिंहः–समयको सदुपयोग गर्नु होला नत्र पछि पश्चताप हुनेछ । अरुको भर नपर्नु होला र खर्च गरेर ठुलो मान्छे बन्छु भन्ने सपना नदेख्नु होला । आफ्नै बाहुबलबाट केहि काम सम्पादन हुनेछन् ।

कन्या

कन्याः–विस्तारै कार्य क्षमता बढ्नेछ । काम गर्दा बाहिरी कुरालाई पनि ध्यान दिन नभुल्नु होला । आज गरेका काम आँशिक सफल हुने देखिन्छ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । अरुको सहयोग कम मिल्नेछ ।

तुला

तुलाः– दिन मध्यम रहेको छ । लगनशिल भई गरेका अधिकाँश काम सफल हुनेछन् । काम गरेर नाम राख्न गाह्रो हुनेछ । आफन्तको सहयोग सामान्य पाईनेछ । घर डेराको समस्या बल्झिनेछ ।

बृश्चिक

वृश्चिकः–दिनको अधिकाँश समय प्रतिकुल देखिन्छ । मनोबल गिराएर काम नगर्नु होला । लगानी नबढाउनु होला । जोखिम पूर्ण यात्रा नगर्नु होला । व्यापार व्यवसायबाट आसातित लाभ लिन सकिने छैन ।

धनु

धनुः–हिनता वोध नगरि काम गर्नु होला सामान्यतया आज गरेका काम सफल हुनेछन् । सानो हेलचक्र्याईले अरुलाई फाइदा पुग्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुने नै छ । सहयोग कम मिल्नेछ ।

मकर

मकरः– समयले साथ दिनेछ । सहास,धैर्यता र पराक्रम बढ्नेछ । तिव्र इच्छा शक्तिका वीच काम हुनेछन् । गरेका काम उदाहरणीय हुनेछन् । विरोधीहरु आफै पछि हट्ने छन् । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् ।

कुम्भ

कुम्भः– इज्जत प्रतिष्ठा बचाएर काम गर्नु होला । काममा सोचे जस्तो प्रगति हुने छैन । आम्दानी खर्च वरावरै जस्तो हुनेछ । व्यापार व्यवसायबाट उचित मुनाफा लिन सकिने छैन । उच्च व्यक्तित्व सँग भेटघाट हुनेछ ।

मीन

मिनः–दया माया गर्ने कोहि हुने छैनन । धूर्तहरु पछि लाग्ने छन् । व्यवहारिक सहयोग कतैबाट मिल्ने छैन । व्यापार व्यवसायबाट उचित प्रतिफल मिल्ने छैन । अनावस्यक विषय बस्तुमा टाउको दुखाउनु पर्नेछ ।
Facebook Comments

LEAVE A REPLY