मृत अवस्थामा वृद्धा भेटिए

32

बेत्रावती,   घाँस काट्न भनेर जङ्गल गएकी नुवाकोट बेलकोटगढी नगरपालिका–१० चिसापानीका सन्तकुमारी तामाङ आज मृत्त अवस्थामा भेटिएकी छिन् ।

गत शनिबार घाँस काट्न गएकी ६५ वर्षीया तामाङ नफर्केपछि खोजी गर्ने क्रममा बेलकोटस्थित चिसापनी जङ्गलमा भीरबाट लडेर मृत्यु भएको अवस्थामा परिवारले भेटाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक बसन्त कुवरले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ । रासस

Facebook Comments

LEAVE A REPLY