तिहारको बेला आयो दुखद खबर : कोरियामा एक नेपालीको काम गर्दागर्दै मेशिनमा च्यापिएर ज्यान गयो

40

काठमाडौँ – दक्षिण कोरियामा आज एक नेपालीको काम गर्दागर्दै मेशिनमा च्यापिएर मृत्यु भएको छ ।पाँचथरको फिदिम नगरपालिकाका राजेश तुम्बापोको मेशिनले च्यापिएर मृत्यु भएको सियोलस्थित नेपाली दूतावासका श्रम कन्सुलर दिल्लीराम बाँस्तोलाले जानकारी दिनुभयो । तुम्बापो दुई वर्षअघि इपिएसमार्फत कोरियामा एक प्लास्टिक कम्पनीमा काम गर्दै आएका थिए ।

मृतकको शवपरीक्षणका लागि अस्पतालमा राखिएको छ । नेपाली कामदारका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा विभिन्न कारणबाट मृत्यु हुने नेपालीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

Facebook Comments

LEAVE A REPLY