वरिष्ठ नेता पौडेलद्वारा समाजसेवी गुरुङको निधनप्रति दुःख व्यक्त

25

काठमाडौँ,  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँका समाजसेवी एवं स्थानीय राजनीतिज्ञ बालकृष्ण गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

समाजसेवी गुरुङको गए राति ८५ वर्षका उमेरमा निधन भएको थियो । उहाँको आज अन्त्येष्टि गरिएको छ ।

यसैगरी समाजसेवी गुरुङको निधनप्रति गण्डकी प्रदेश काङ्ग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, पूर्वसांसदद्वय रामचन्द्र पोखरेल र धु्रव वाग्ले, प्रदेशसभा सदस्य सरिता गुरुङ, पार्टीका जिल्ला सभापति बैकुण्ठ न्यौपाने, राससका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेलगायतले दुःख व्यक्त गर्नुभयो ।

वि.सं. २०४३ मा क्यामिन माविका संस्थापक अध्यक्ष, २०४८ मा सोहि गाविसका अध्यक्ष तथा समाजका विभिन्न क्षेत्रमा अतुलनीय योगदान पु¥याउनुभएका गुरुङका श्रीमती, दुई छोरा र तीन छोरी रहेको स्थानीय समाजसेवी प्रदिप घिमिरेले जानकारी दिनुभयो । रासस

Facebook Comments

LEAVE A REPLY