डोल्पा दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति शाहीद्वारा शोक व्यक्त

29

सुर्खेत,  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार डोल्पा दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति शोक व्यक्त गर्नुभएको छ ।

आज शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री शाहीले तिहार पर्वको मुखमा भएको उक्त घटनाले आफूलाई निकै मर्माहत तुल्याएको बताउनुभयो । उहाँले मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । उहाँले जीप दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

सडक दुर्घटनाबाट वर्षेनी मानवीय क्षति हुने गरेकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री शाहीले दुर्घटना न्यूनिकरणका लागि गम्भीरतापूर्वक काम गर्न गराउन सम्बन्धित निकाय तथा सरोकारवालालाई आग्रह गर्नुभएको छ । सोमबार डोल्पा सदरमुकाम दुनैदेखि त्रिपुराकोटतर्फ जाँदै गरेको भे१च १६१० नं को जीप ठूलीभेरी नदीमा खस्दा १० जनाको ज्यान गएको थियो ।

Facebook Comments

LEAVE A REPLY