जीप दुर्घटनाप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त

31

काठमाडौँ,   नेपाली काङ्ग्रेसले डोल्पा सदरमुकाम दुनैबाट जुफाल जाँदै गरेको जीप दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज विज्ञप्ति जारी गरी दुनैबाट जुफाल जाँदै गरेको भे१च १६१० नंको जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

काङ्ग्रेसले मृतात्माको चिरशान्तिका कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

उक्त जीप सडकबाट १५ मिटर तल ठूलीभेरी नदीमा खस्दा सात पुरुष र तीन महिलासहित १० जनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएको थियो । रासस

Facebook Comments

LEAVE A REPLY