प्रदेश मातहतका आठ कार्यालय स्थापना

31

फिदिम,   पाँचथरमा प्रदेश नं १ सरकार मातहतका आठ वटा कार्यालय स्थापना गरिएका छन् ।

यहाँ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जलस्रोत तथा सिँचाइ विकास डिभिजन, पूर्वाधार विकास कार्यालय, नयाँ शहर आयोजना, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालय र जिल्ला अस्पतालको स्थापना गरिएको हो । आठ वटै कार्यालयको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उद्घाटन गर्नुभयो । यसअघि स्वास्थ्य समन्वय कार्यालय यहाँ स्थापना भइसकेको छ ।

स्थापित कार्यालयले पाँचथरसहित इलाम र ताप्लेजुङका स्थानीय तहका विषयगत शाखा तथा प्रदेश सरकारबीच समन्वयको कार्य गर्नेछन् । संविधान कार्यान्वयनको जटिल प्रक्रिया पनि तीव्र गतिका साथ अघि बढाउन सङ्घीय सरकार र प्रदेश सरकार सफल भएको बताउँदै मन्त्री आङ्बोले काम गर्ने क्रममा केही ढिलाइ हुँदैमा प्रश्न उठाउनुपर्ने आवश्यकता नरहेको स्पष्ट पार्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश संसदीय दलका सचेतक सीता थेवेले सेवा प्रवाहलाई व्यवस्थित र गुणस्तरीय बनाउन नवस्थापित कार्यालयका प्रमुखलाई आग्रह गर्नुभयो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टले प्रदेश सरकारका विभिन्न मन्त्रालयअन्तर्गतका कार्यालय नरहेका जिल्लामा सम्पर्क केन्द्र स्थापना गरिने जानकारी दिनुभयो । भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका सचिव सागरकुमार राईले प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनका लागि कार्यालय स्थापनाले ठूलो सहयोग मिल्ने बताउनुभयो ।

Facebook Comments

LEAVE A REPLY