चेम्बरद्वारा बजार अनुगमनलाई व्यवस्थीत गर्न सरकारको ध्यानाकर्षण

21

काठमाडौं । नेपाल चेम्बर अफ कमर्ससले देशभरमा हुदै आएको बजार अनुगनमनकार्यलाई हल्का सूचना र आशंकाको भरमामात्र नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । चेम्बरले वर्षभरिकै कारोबारको ४० प्रतिशतभन्दा बढी कारोबार हुने समय दसैं, तिहार, छठजस्ता नेपालीहरुको महान् चाडको पूर्वसन्ध्यामा सरकारले बजार अनुगमनकाक्रममा अनावश्यक दुःख दिएको भन्दै चेम्बरले सरकारको ध्यानाकर्षण गरेको विज्ञप्तिमार्फत गरेको छ ।

चेम्बरले ‘व्यवसायीहरुको कारोबारस्थल लामो समयसम्म सिलबन्दी गरी राख्दा व्यवसायीहरु नै विस्थापित हुनपर्ने परिस्थिति सिर्जना हुन लागेको’ भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । ‘बजार अनुगमनकाक्रममा कानुनी प्रक्रियाका अन्य विकल्पहरु हुँदाहुँदै पनि दसैं, तिहारजस्ता व्यवसायीहरुको कारोबारको अत्यन्त महत्वपूर्ण समयमा सरकारद्वारा संकीर्ण मानसिकता र सस्तो लोकप्रियताका लागि गरिएका यस्ता कारबाहीले व्यवसायीहरु अत्यन्त हतोत्साहित देखिएको’ चेम्बरको भनाइ छ । उपभोक्ताहरुको हक–हित संरक्षणतर्फ चेम्बर सदैव प्रतिबद्ध रहेको भन्दै व्यावसायिक वातावरण निर्माणका लागि चेम्बरले सरकारको ध्यानाकर्षण गरेको छ ।

Facebook Comments

LEAVE A REPLY