बलिउडका यी चर्चित चार अभिनेत्री जोसँग छैन भारतीय नागरिकता

43

एजेन्सी – बलिउडमा केही चर्चित अभिनेत्री छन्, जोसँग भारतीय नागरिकता छैन । तैपनि बलिउड फिल्मका दर्शकको मनमा उनीहरूको अभिनय तथा सुन्दरताको गहिरो छाप छ । यहाँ प्रस्तुत गरिएका बलिउडका चार अभिनेत्री, जोसँग भारतीय नागरिकता छैन. वर्षाैंदेखि बलिउडमा सक्रिय रहेका उनीहरुको भारतीय नागरिकता भने नरहेको हो । चार जना अभिनेत्रीहरु कैटरिना कैफ, सन्नी लियोनी, नरगिस फाखरी र ज्याकलिन फर्नान्डिससँग भारतीय नागरिकता नरहेको हो ।

भारतीय नागरिकता नहुने पहिलो नम्बरमा पर्छिन्, बलिउड अभिनेत्री क्याट्रिना कैफ । कैटरिनाको असली नाम कैटरिना टाँरकुटो हो । उनी १६ जुलाई १९८३ मा हङकङ जन्मिएकी हुन् । उनी हङकङमा जन्मिए पनि उनीसँग बेलायतको नागरिकता छ । कैटरिनाले फिल्म ‘बुम’बाट बलिउड करिअर सुरु गरेकी हुन् ।

यसैगरी क्यानडाको सर्नियामा जन्मिएकी पूर्वपोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनी बलिउडमा अहिले फरक परिचय स्थापित गर्न सफल छिन् । बलिउडमा अहिले फरक परिचय स्थापित गर्न सफल छिन् । उनको जन्म १३ मे १९८१ मा भएको थियो । उनी इन्डियन–अमेरिकन तथा विवाहित अभिनेत्री हुन् । उनको असली नाम करनजित कौर बोहरा हो । उनको नागरिकता क्यानेडियन–अमेरिकन छ । उनीसँग भारतीय नागरिकता छैन ।

बलिउड अभिनेत्री नरगिस फखरी २० अक्टोबर १९७९ मा अमेरिकाको न्युयोर्क सिटीमा जन्मेकी हुन् । नरगिस अमेरिकी मोडल तथा अभिनेत्री हुन् । जो बलिउडमा पनि उत्तिकै चर्चित भइन् । सन् २०११ मा प्रदर्शन भएको फिल्म ‘रक स्टार’बाट उनले बलिउडमा फिल्मी करिअर सुरु गरिन् । उनीसँग पनि भारतीय नागरिकता छैन । उनले आफूलाई विश्वको नागरिक भएको बताउँदै आएकी छिन् ।

ज्याकलिन फर्नान्डिस श्रीलंकाली अभिनेत्री हुन् ।उनी ११ अगस्ट १९८५ मा जन्मेकी हुन् । ज्याकलिनले २००९ मा आएको फिल्म ‘अलादिन’बाट बलिउडमा डेब्यु गरिन् । त्यसपछि उनी ‘मर्डर–२’ मा इमरान हासमीका साथमा देखिइन् ।

Facebook Comments

LEAVE A REPLY