थाहा पाउनुस् यि हुन् रायोको साग खानुका अचुक फाइदाहरु

38

रायोको सागबाट भिटामिन के, ए, सी, ई, बी–वान, बी–टु, बी–थ्री प्राप्त गर्न सकिन्छ ।– यो प्रोटिन, म्याग्नेसियम, आइरन, फस्फोरसलगायतका पोषण तत्वले पनि भरिपूर्ण हुन्छ ।– फाइबर स्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ, जुन रायोको सागबाट प्राप्त गर्न सकिन्छ । यसले प्रदान गर्ने प्यान्टोथेनिक एसिड, फाइबर, फोलेटलगायतका पोषण तत्वले सधैँ स्वस्थ रहन मद्दत पु(याउँछ ।

– रायोको सागलाई मस्टर्ड ग्रिन्सको नामले पनि चिनिन्छ । यो विश्वमै बढी स्वस्थकर तरकारीमा पर्ने गर्छ । यो विश्वमा उपलब्ध तरकारीमध्ये दोस्रो बढी पोषणयुक्तमा पर्छ । जसले शरीरलाई पूर्ण रूपमा स्वस्थ राख्न मद्दत पु(याउँछ । यसलाई पकाएर, काँचै सलादका रूपमा र सिजिनिङ गरेर पनि खान सकिन्छ । बढी मात्रामा पकाउँदा भने यसमा भएको पोषण तत्व घटेर जाने सम्भावना हुन्छ ।

Facebook Comments

LEAVE A REPLY