मेघा बैंकमा एकपछि अर्को ठगीधन्धा : चल्ती खातामा रहेको पैसा बैंक कर्मचारीकै खातामा

58

रोशन कार्की
काठमाडौं । बचतकर्ताहरुले आफ्नो रकम सुरक्षित र तोकिएको व्याज आउने आशामा जम्मा गरेको रकम र व्याजनै बैंककै कर्मचारीबाट हिनामिना गर्दै पटक पटक बिबादमा तानिएको मेघा बैंक फेरि बिबादमा तानिएको छ । ढिलो गरि प्राप्त समाचारका अनुसार मेघा बैंकमा खाता भएका खतावालाको रकम पुन हराएको पाईएको छ । प्राप्त विवरण अनुसार सो बैंकका खातावाला ओम साई कन्ट्रक्सन हेटौडाका प्रवन्ध निर्देशक होमनाथ गौतमले आफ्नो चल्ती खाता नं ००१००१००७५१५५ मा रहेको रकम तत्कालिन मेघा बैक कान्तिपथ काठमाडौका डाइरेक्टरले दुरुपयोग गरेको दावी गरेका छन् । उनले २०६८ सालमा खोलेको खातामा ३० लाख रकम जम्मा गरिएको थियो, सो रकम मेघा बैंकका तत्कालिन डाइरेक्टर डा दुमन थापाले आफ्नो नाममा दर्ता भएको हाइल्याण्ड माइनिङ प्रालि काठमाडौको नाममा टान्स्फर गरी लगेको आरोप लगाएका छन्
निर्देशक गौतमले रकम निकासा गर्न जाँदा अर्को चेक बनाएर हाइल्याण्ड माइनिङ प्रालिको नाममा टान्स्फर गरी लगेको थाहा भएको जानकारी दिएका छन् । तत्कालिन कार्यकारी निर्देशक अनिल शाहसँग लिखित निवेदन दिएपछि गत वर्षको मंसिर ८ गते पुनः खातामा पैसा जम्मा भएपनि नेपालका बैंक र तिनमा काम गर्ने जिम्मेवार ब्यक्ति कति गैरजिम्मेवार हुँदारहेछन् भन्ने कुरा यस घटनाबाट प्रष्ट भएको छ ।
यसैगरी, मेघा बैंक लिमिटेडमा रहेको खाता बन्द गर्दा पनि मंहगो शुल्क असुली हुने गरेको अर्को घटनाले प्रमाणित भएको छ ।  कुनै पनि बैंकमा रहेको खाता बन्द गर्दा बैंकले १००, २०० या ५०० रुपैयाँ रकम कटाउला भन्ने सोचमा रहेका खातावालाहरु मेघा बैंकको खाता बन्द गर्दा लाग्ने शुल्क देखेर चकिन भएका छन । तर मेघा बैंक नारायणगढ शाखाले सेवाग्राहीले आफ्नो खाता बन्द गर्दा पाँच हजार रुपैयाँ काट्ने गरेको रहस्य बाहिर आएको छ । खाता खोल्दा शून्य बचतमा नै खोलिदिने बैंकले खाता बन्द गर्दा भने ५ हजार रुपैयाँ काट्दै सो बैंकले उपभोक्तामाथी ठगी कार्य गर्दै आएको पाईएको छ । आफ्ना दुई छोराछोरीको नाममा बैंकमा रहेको सून्य मौजात खाता बन्द गर्दा १० हजार रुपैयाँ काटेको गुनासो खातावाला रचना रेग्मी खरेलले गरेकी छिन् । आफ्ना छोराछोरी इशान खरेल र बुनु खरेलको खाता बन्द गर्न जाँदा नारायणगढको पुल्चोकमा रहेको मेघा बैंक लिमिटेडको शाखाले सो बापत जनही ५ हजार रुपैयाँका दरले पैसा असुलेको बताइएकी छिन् ।

उनले केही महिना अगाडि मात्रै बैंकका कर्मचारीहरुले खाता खोल्नका लागि बारम्बार तारताकेता गरेपछि खाता खोलेको बताउँदै अहिले ती खाताहरुको आवश्यकता नरहेको महसुस भएकाले बन्द गर्न जाँदा शून्य मौज्दात भएपनि हुने खाता बन्द गर्दा ५ हजार लाग्ने भन्दा आफू आश्चर्यमा परेको बताइन । यसरी च्याउ उम्ररेझै खुलेका बैंकहरुले सेवा सुरु गर्दा उपभोक्तालाई विभिन्न उपहार र प्रलोभनका भरमा खाता खोल्न लगाउने र बन्द गर्दा ठग्ने प्रवित्ति बढ्दा समेत केन्द्रीय बैंक मौन बसेको छ्र ।
सो बैंकबाट सर्वसाधारणदेखि उच्च घरानीयासम्मको पैसा बैंकबाटै गायव भएको भन्दै अहिले दुखेसो गर्दै हिडेका छन् । सुरुमा विभिन्न आश्वासन दिदै विभिन्न सेवा सुबिधा उपलव्ध हुने भन्दै ग्राहकलाई आकर्षण गराउदै आएको सो बैंकले स्थापना कालदेखि शेयरधनीदेखि सर्वसाधारणको रकमलाई केही व्यक्तिहरुको मिलिमतोमा आफुखुशी चलाउदै आएको आरोप लगाएका छन् । सो बैंक स्थापना गर्नुपुर्व संकलन गरेको लगानीकर्ताको ५ अर्ब देखिनै सो बैंकभित्र विवाद हुदै आएको थियो । ऋणीलाई फोन गरेर ऋण चुक्ता गर्न आउनुभन्दै दिनमा ५ पटकसम्म फोन गरेर अत्याधिक मंहगो शुल्क जोड्दै अबैध रकम संकलन गरेको सो बैंकमा पछिल्लो समयमा निक्षेपनै गायव बनाउन बैंक संञ्चालकहरु संलग्न हुनथालेपछि बैंकमा पैसा राख्नु कतिको सुरक्षित भयो त अब ।
बैंकमाथिको विश्वासघात गरेको छ मेगा बैंकले । सो बैंकमा निक्षेपकर्ता ग्राहकको रकम नै गायब हुुने समस्याले उग्ररुप लिएको छ । बानेश्वर शाखाबाट सुरु भएको सो समस्या अहिले प्रायः सवै शाखाहरुमा देखिन थालेको पिडितहरुले बताएका छन । अन्य खाताको तुलनामा मुुद्दती खातामा निक्षेप राख्दा अलि बढी ब्याज आउँछ । सोही ब्याजको आशामा पैसा राखे अहिले बैंकले ब्याज नै गायब गरिदिएपछि अर्धचेतमा रहेका छन् । मेगाले मुुद्दती खातामा पैसा राख्ने आफूजस्तै धेरै ग्राहकको ब्याज रकम नै गायब गरिदिएको ती ग्राहकले बताएका छन् ।
रकम गायब भएको विषयमा बैंकको बानेश्वर शाखामा ‘कम्प्लेन’ गर्दा केही समस्या देखिएको बताए पनि ब्याज फिर्ता कहिले हुन्छ भन्नेबारे बैंकले कुुनै जानकारी दिन सकेको छैन । मेगाकै एक जना सञ्चालकको आफन्तको मुुद्दती खाताको ब्याज रकम गायब भएपछि ती ग्राहकले बैंकका सञ्चालकलाई भनेका थिए । सोही कारण बैंकभित्र देखिएको ब्याज गायबको समस्या छताछुल्ल भयो । मेगा बैंकको बानेश्वर शाखामा सम्पर्क गर्दा त्यहाँ कार्यरत महिला कर्मचारीले सुरुमा त्यस्तो समस्या नभएको दाबी गरिन । पछि ती कर्मचारीले केही दिनमा खातामा पैसा आउछ अरुलाई पनि सोही भनिदिनु होला रकम गायव भएको बारे कसैलाई पनि जानकारी नगरिदिन आग्रह गर्दै थिइन । बैंकको माथिल्लो तहबाट कुनै ग्राहकले ब्याज रकम गायब भएको भनेर ‘कम्प्लेन’ गरेमा केही दिनभित्र नै समस्या समाधान हुुने भन्दै सम्झाउन भनेको मेगाको बानेश्वर शाखामा कार्यरत एक जना महिला कर्मचारीले बताए । यता बैंकका ग्राहकहरुले भने पछिल्लो समय मेगा बैंकको सेवा निकै नै कमजोर भएकाले बैंकलाई विश्वास गर्नसक्ने ठोस आधार समेत नभएको बताए । बानेश्वर शाखामा मात्र नभई बैंकको अर्घाखाँची, जावलाखेल, कपन, पोखरा, बुुटवल, न्युुरोडलगायतमा शाखामा पनि यस्तै समस्याहरु आएको भन्दै ग्राहकहरुले गुनासो व्यक्त गर्न थालेको ती ग्राहकको भनाइ छ ।
मेगा बैंकको नक्कली ‘प्रोक्सी’ सम्बन्धी विवादले पनि अहिले नेपाल धितोपत्र बोर्डमा के गर्नेभन्ने विषयमा बहस भएको छ । बैंकले गत असार २९ गते सातौं वार्षिक साधारणसभामा सञ्चालक समितिको निर्वाचन पनि गरेको थियो । उक्त निवार्चनमा व्यापक मात्रामा नक्कली ‘प्रोक्सी’को प्रयोग भन्दै सोको जानकारी बोर्डमा समेत पुुगेपछि बोर्डले नक्कली ‘प्रोक्सी’का बारेमा सत्यतथ्य जानकारी लिने तयारी गरेको भएपनि सो बारे गुपचुप बनाउने तयारीमा मेगा बैंक क्रियाशिल बनेको छ । मेगा बैंकका ठूला लगानीकर्ताहरुले धितोपत्र बोर्डमा हालेको पत्रमा भनिएको छ, ‘यही असार २६ मा जम्मा बुुझाएको प्रोक्सी फारममध्ये ६६ वटा प्रोक्सी थान हामीलाई बुुझाएको लिष्टमा कतै नभएको र बदर भएको प्रोक्सी पनि के कारणले बदर भएको कारण पनि नभनी यसरी निर्वाचन गर्नुु खुल्लारुपमा बदमासी र बदनियत भएको देखिन्छ । तसर्थ तुुरुन्तै यसको समाधान गरी सदर र बदर लिष्ट यथाशक्य उपलब्ध गराउन माग गर्दछौं ।’ निर्वाचन प्रक्रियामा धाँधली भएकाले प्रोक्सी पुुनः एकीन गरिपाऊँ भन्नेसम्बन्धी उक्त पत्रको बोधार्थकोरुपमा नेपाल राष्ट्र बैंक, मेगा बैंक, अख्तियार दुुरुपयोग अनुसन्धान आयोग, नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, नेपाल धितोपत्र बोर्ड एवं कम्पनी रजिष्टर्ड कार्यालयलाई समेत बोधार्र्थकोरुपमा उल्लेख गरेको छ । लगानीकर्ता स्रोेतका अनुसार निर्वाचनको समयमा मुक्तिराम पाण्डको नाउँमा ४३ लाख कित्ता नक्कली प्रोक्सी दर्ता गराए । सोमध्ये ३३ लाख कित्ता प्रोक्सी मात्र सदर भयो ।

मेगाले निर्वाचनको लागि ईश्वरीप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोकेको थियो । निर्वाचन अधिकृत भट्टराई मेगा कलेजका समेत कानुुनी सल्लाहकार हुुन । स्मरण रहोसः मेगा कलेज मेगा बैंककै सञ्चालक गोपाल खनालको हो । सोही आधारमा खनालले मेगा बैंकको लागि पनि भट्टराईलाई नै निर्वाचन अधिकृत तोकेका थिए  । मेगा बैंकका अध्यक्ष भोजबहदुर शाहका अधिकांश मान्छेहरु अर्घाखाँचीको रहेको र तिनै व्यक्तिहरुले बैंक कब्जा गरेको बताएको छ । बैंकले उक्त वार्षिक साधारणसभा सर्वसाधारण सेयरधनी समूहबाट तीन जना र संस्थापक थियो । यसरी उम्मेदवारी दिनेमध्ये हाल पनि बैंकको सञ्ञ्चालक समितिमा रहेका अध्यक्ष भोजबहादुर शाह, गोपाल खनाल र मदनकुमार आचार्यको एउटा गुट रहेको थियो  । यसको लागि यो समूहले बैंकको छाप र कम्पनी सचिवको हस्ताक्षर नै नभएको ‘प्रोक्सी’ समेत वितरण गर्दै आएको आरोप लागेको दाबी स्रोतले गरेको छ । ‘प्रोक्सी’मा समस्या देखिएपछि अधिकांश ठूला लगानीकर्ताहरुले निर्वाचनको मिति घोषणा भएदेखि नै वितरण गरेका‘प्रोक्सी’हरु बदर हुनुपर्ने आवाज समेत उठाउँदै आएका छन । जसले ‘प्रोक्सी’ नै उठाएका छैनन, उसको नाउँमा ३५ लाखको ‘प्रोक्सी’ भएको, वर्तमान सञ्चालक मदनकुमार आचार्यको ‘प्रोक्सी’ नै नक्कली भएको आरोप पनि लगानीकर्ताहरुको रहेको छ । बलराम पन्त र बालकृष्ण सिवाकोटी सुरुदेखि नै बैंकमा प्रमोटरकोरुपमा रहेका छन ।
यी ता बैंकहरुले गर्ने एक उदाहरणमात्र हुन् । नेपालका बैंकहरु सेवामुखी हुनुपर्नेमा शहरमुखी बन्दै र बैंकका उपभोक्तामाथी लुटको धन्धा चलाउदै आएको पाइएएको छ । बैंकले पछिल्लो समय आयमुलकम भन्दापनि अनुपात्पातक क्षेत्रमा लगानी गरेर ठूलै कमिशन समेत लिदै आएको पाइएको छ । घरजग्गा , सवारी साधान, भ्याकुम क्लिनरदेखि ल्याण्डरोवरसम्म अनि जग्गादेखि कोलोनी जस्ता सुविधासम्पन्न क्षेत्रमा बैंकको लगानी हँुदै गएकोछ । मुलुकका ग्रामीण किसानदेखि उद्योग कलकारखानामा उनीहरु लगानी प्रायः शुन्य छभन्दा पनि फरक नपर्ने अबस्था रहेको नेपाल चेम्बर अफ कर्मशका बरिष्ठ उापध्यक्ष राजेन्द्र मल्लको भनाई रहेको छ । बैंकका अध्यक्ष र सिईओको चरम लापर्वाहीका कारण ऋण प्रवाहमा अनियमितता भइरहेकाले कुनै पनि वेला बैंकहरु डुब्ने खतरा उत्तिकै बढ्दै गएको छ । कैयौं बैंकर प्रहरी खोरमा पुगेको घटना पनि छँदै छन् । बैंकका सिईओले कमिशनको लोभमा परेर विभिन्न प्लटिङ जग्गा, कोलोनीमा खराब कर्जा प्रवाह गर्दै बैंकलाई धरासायी हुने अवस्थामा पु¥याएका छन् । कतिपय सिईओ आफैं बैंकको पैसामा मोज गरिरहेका छन् र आफैं धनी हुने ताकमा छन् । तलब खाने, अनि खराब कर्जा प्रवाह गरेर कमिशन कुम्ल्याउने र संचालकहरुको पैसामा रजाइँ गर्ने भनेर उनीहरुको आलोचना हुदै आएको छ ।

मेघा बैंकको होडिर्ङ बोर्ड राख्दा समेत कमिशन खाएको आरोप समेत रहेको छ । ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने मूल नारा बोकेर स्थापना भएको मेघा बैंक लिमिटेडमा शुरुमा १२१९ जना संचालक थिए । अहिले यो १ लाख ४५ हजार ६७५ नेपाली लगानीकर्ताको बैंक बनेको छ । तर उनीहरुको पैसामा मोज गरिरहेका छन् । २०६७ साउन ७ गतेदेखि बैंकिङ कारोबार शुरु गरेको यो बैंक भित्रभित्र खोक्रो भइसकेको त्यहाँ कार्यरत एक कर्मचारी बताउँछन् । सुरेन्द्र पाण्डे अर्थमन्त्री भएकै वेला उनले भनेका थिए, ‘कतिपय संस्थामा तलब खर्चको ८५ प्रतिशत प्रमुख कार्यकारी अधिकृत सीईओ एक्लैले लिएर बाँकी १५ प्रतिशत मात्र अरु कर्मचारीलाई दिने गरेका रहेछन् ।’ पाण्डेले पारिवारिक कम्पनीमा आफैं सीईओ बस्ने, मासिक तलब बिसौं लाख रुपैयाँ लिने, श्रीमती, छोराछोरीलाई पनि माथिल्लो तहको कर्मचारी राखेर तलब धेरै दिने गरेको बताएका थिए । पाण्डेको संकेत अनिल शाह जस्ता बैंकरतर्फ रहेको थियो ।

उनले भनेका थिए, ‘आम्दानी जति तलब, भत्तामा आफैंले खाएर कम्पनी चाहिं घाटामा देखाइन्छ । कम्पनी घाटामा गएको देखाएपछि कर तिर्नुपरेन । त्यसैले आम्दानी जति परिवारले तलबमा खान्छन् र लेखा परीक्षाण घाटा देखाउँदै आएका छन् । आफू, श्रीमती, छोराछोरीदेखि नातिपनातिसम्म लाखौं खाने अनि मजदूरलाई दिन पुगेन, कम्पनी घाटामा छ भन्ने चलन अहिले बैंकहरुमा देखिएको छ । कतिपय संस्थामा पारिश्रमिक खर्चको ८५ प्रतिशत प्रमुख कार्यकारी अधिकृत एक्लैले लिने र बाँकी १५ प्रतिशत मात्र अरु कर्मचारीले लिने गरेको पाइएको छ । माथिल्लो र तल्लो तहमा रहेको यस्तो असमानतालाई छाडा रुपमा सरकारले छोडेकै कारण बैंकहरुमा ठगीमा तीब्रता आएको हो ।

Facebook Comments

LEAVE A REPLY