किन हुँदैन चनाचटपटे र पानीपूरीको बजार अनुगमन

72

काठमाडौं । जव जव दशैं तिहार जस्ता चाडवाड आँउछ अथवा मिठाई र गुँदपाक जस्ता खाद्य पदार्थमा मिसावट र अअखाद्य पर्दाथ मिलाईएको सूचना बाहिर आउँदा त्यतिखेर वाणिज्य विभाग खाद्य पदार्थ तथा गूणनियन्त्रण विभागका कर्मचारीहरुलाई बजार अनुगमनको चटारोले भ्याई नभ्याई हुन्छ । तर हरहमेशा सडक सडक गल्ली गल्लीमा अत्यन्त असूरक्षित विक्री भैरहेको चनाचटपटे र पानीपूरीका बारेमा उनीहरुले ख्याल नगर्नुलाई चासोका साथ हेर्न सकिन्छ ।

केही समय अघिसम्म सिमित रुपमा मद्येशी मुलका पूmटपाथ व्यापारीहरुले अत्यन्त असूरक्षित र खुल्ला रुपमा व्यापार गनर्ने गरेको चनाचटपटे र पानीपूरीको व्यापार अहिले चोक चोक गल्लीमा हुँदै ठुला ठुला रेष्टुराँ, क्याफेमा समेत हुन थालेको छ । यसरी व्यापार हुने चनाचटपटे  पानीपूरीमा प्रयोग हुने खाद्य पदार्थ तथा पानी कति खानयोग्य छन र प्रदुषित छनन की छ्रैनन् भन्ने विषय ठुलो कौतुहल्ताको विषय भएपनि उपभाक्ता अधिकार र स्वास्थ्यको नाममा स्थापित सरकारी तथा गैरसरकारस् निकायले यसलाई अति वेवास्ता गर्दै आएको छ । चनाचटपटे र पानीको व्यापार राम्रो कमाई हुने व्यवसायका रुपमा स्थापित हुँद्र गएको छ उपभोक्ता पनि दिनहुँ बढ्दो छन् । खासगरी  महिला अझ विशेष यूवतीहरुको लगाव यसप्रति बढेको पाइन्छ । त्यस बाहेक यूवतीहरु पनि केही मात्रामा चनाचटपटे र पानीपूरीको स्वादमा भूmम्मिने गरेका छन् । जति यसको स्वाद भूmम्मिनेहरुको संख्या बढ्दो छ । त्यसको अनुपात यसमा प्रयोग हुने पानी, पुरी भूजा तथा अन्य अचार लगायतका परिकारहरु कसरी र कस्तो स्थानमा तयार गरीन्छ भन्ने विषयमा कसैको उपभोक्ताहरुको खासै चासो गएको पाइदैन ।

यसरी चनाचटपटे र पानीपूरीमा प्रयोग हुने सामाग्री कस्ता स्थानमा र के के सामग्रीबाट तयार हुन्छ भन्ने विषयमा विभिन्न स्थलमा गरिएको अनुसन्धानबाट ध्रै जानकारी हासिल भएका छनन् । स्थानका् विषयमा भन्नुपर्दा चनाचटपटे जसरी खुला रुपमा सडकमा बनाएर बेचिन्छ । त्यसरी नै अत्यन्त असावधानीका साथ प्रदुषित थलोमा यसमा प्रयोग हुने सामाग्री तयार हुने गर्दछ ।

पानीपूरी तथा चटपटेमा प्रयोग हुने परिकारहरु पकाउनका लागि अखाद्य तथा प्रयोग गर्ने मिती सकिएको तेल प्रयोग गर्ने गरिएको जोरपाटीमा हालै भएको एक घटनाले पूष्टि गरिसकेको छ । व्यापरीहरुले म्याद सकिएर ३ वर्ष अघि थन्काएर राखेका हजारौं लिटर तेल चना चटपटे तथा पानीपूरीका सामाग्री बनाउन दिने गरेको रहस्य खुलेपछि वाणिज्य विभागले जोरपाटीको एक तेल गोदाममा छापा मारी नष्ट समेत गरेको थियो । गाोदाम संचालकले म्याद सकिएको उक्त तेल चनाचटपटे र पानी पूरी व्यापारीहरुलाई प्रति लिटर १० देखि १५ रुपैयाँमा बेच्ने गरेको रहस्य पनि त्यति बेला नै सार्वजनिक भएको थियो ।

पानीपूरीका लागि इम्ली पानी बनाउन प्रयोग गरिने पानी पनि प्रदूषित हुने गरेको समेत थाहा हुन आएको छ । राजधानीको पानीको समस्यालाई हेर्ने सहज रुपमा पानीपूरी वालाहरुले सहज रुपमा पानी पूरी बनाउने स्थानहरुमा राखिएका पानीका भाँडाहरुलाई हेर्दा पनि पानी प्रदुषित भएको प्रष्ट देखिन्छ ।

यसरी उपभोक्ताहको यस्ता अखाद्य पदार्थ खुलेआम प्रयोगलाई सरोकार वाला निकायहरुले वेवास्ता गरिरहेको अभाष मिल्न थालेको छ । खुल्ला सडकमा खुलेआम हुने चना चटपटे र पानीपूरीको व्यापारलाई स्वच्छ बनाउन तिर सरोकार वाला निकाय तत्काल अग्रसर हुनुपर्ने देखिन्छ ।

Facebook Comments

LEAVE A REPLY