प्रदेश सिमांकनमा ध्यान नदिँदा निम्तिएको राष्ट्रिय अराजकता

70

-गोरख बहादुर वि.सी.

हाम्रो देश प्रथम विश्वयुद्धमा होस या दोश्रो विश्वयुद्धमा होस्, आफ्नो विरता देखाएर कुनै पनि शक्तिसँग हार खानु परेन स्वतन्त्र र सार्वभौमिकता भई रहयो । यति मात्रै एतिहासिक रुपमा भन्ने हो भने हिमवत खण्डको केन्द्रविन्दु नेपाल जसलाई खस साम्राज्यले विश्वका शक्तिशाली मुलुकहरुलाई आफ्नो कब्जामा लिएको इतिहास कतै लुकेको छैन । यसैले आजको नेपाल कुनै पनि शक्ति र देशको औपनिवेसिक भएन, स्वतन्त्र र सार्वभौमिकता रहि रहयो ।

प्रथम विश्वयुद्ध र दोश्रो विश्वयुद्धमा नाम निशान नै समाप्त भएका मुलुकहरु आज शक्तिशाली सम्पन्न भएका छन् । कोहि जापानी साम्राज्यवादका अण्डरमा थिए । कोही जर्मनीको उपनिवेश रहेका थिए भने कोही वेलायतको उपनिवेश थिए । वेलायती साम्राज्यवादका उपनिवेशमा बसेका मुलुकहरु मध्ये भारत आज दक्षिण एसियामा नै आफ्नो प्रभुत्व जमाउने काममा अग्रसर भएको छ । अरु विश्वका थुप्रै देशहरु आज शक्तिशाली र सु—सम्पन्न छन् । तर एतिहासिककालदेखि हालसम्म कसैको उपनिवेशमा नरहेको यो मुलुक किन आज हरक्षेत्रमा परर्निभर तिर धकेलिँदै छ रु दुर्भाग्यवस हिमालयको काँखमा अवस्थित यो देश आज संसारकै गरिब, परिनिर्भतामा रहन बाध्य छ । यसमा पनि नेपालको राज्य सञ्चालकहरु राष्ट्र बनाउन भन्दा पनि आफु कसरी बन्ने होडबाजीेले गर्दा मुलुकको विकास निर्माण र राष्ट्रिय उद्योग धन्दा विकासमा शुन्यता छाएको छ । परनिर्भता अर्थतन्त्र र राजनैतिक भिजनले मुलुकको राष्ट्रिय अस्तित्व समेत ओझेल पर्ने प्रवल सम्भावना देखिँदैछ । त्यसैले यो राष्ट्रको चौतर्फी उन्नति, प्रगति, समृद्धिशाली बनाउन बीर नेपालीहरु एक पटक सामूहिक रुपमा एकजुट भई विद्रोह हुने संकेत देखिएको छ । देशको राज्यव्यवस्था फेरवदल हुन नयाँ कुरा होइन, काले गए गोरे आउँछ, तर राष्ट्रलाई बलियो पार्ने राष्ट्रिय नीति, नियम र निकायहरु नै कमजोर अवस्था पुग्नुले पनि देशको अवस्था जर्जर हुँदैछ । यसका पछाडि हाम्रो देशका सामारिक महत्व र भू—राजनीतिकले पनि आज विश्वका शक्तिशाली मुलुकहरुको प्रयोगशाला बन्दैछ । छिमेकीहरुले जे चाहे त्यहि हुँदै जानु देशको आन्तरिक स्थिति विग्रदै जानु, यति मात्रै होइन विभिन्न मुलुकका गैर सरकारी संस्था र दातृ निकायहरुले असफल राष्ट्र बनाउन नेपालमा अनेकौँ वितृष्णाहरु पैदा गर्नुले यो देशको राष्ट्रियता, स्वाधिनता माथि नै खतरा उत्पन्न हुने देखिँदैछ । यसमा विशेष गरेर वेलायती उपनिवेशमा रहेको र बीर गोर्खालीहरुले स्वतन्त्र बनाइदिएको मुलुकबाट विशेष रुपमा यो देशको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा व्यापक हस्तक्षेप भइरहेको छ । यसमा हालका राजनैतिक नेतृत्व एवम् राजनैतिक दलहरुको भूमिका पनि उनीहरुकै पछि लागेको घाम जस्तै छर्लङ्गै छ ।

यसर्थ, मुलुकमा राजनीतिक परिवर्तन नेपाली जनताको चाहना हो । त्यो चाहानालाई कदाकदा दक्षिणको नै हात रहेको भन्ने गुनासोहरु आइरहनछ र नेपालका परिवर्तनकारी भन्ने नेताहरुबाट नेपालको हितविपरित सन्धि सम्झौता गरि हाल्ने वातावरण सिर्जना गरिदिन्छ र हाम्रा नेता भनौदाहरुले आँखा चिम्लेर हस्ताक्षर गर्छन । राजनैतिक परिवर्तन यदि मुलुकका राष्ट्रिय स्वाधिनताको रक्षाका लागि, जनताका आधारभूत आवश्यकता परिपूर्तिका लागि, नेपाली जनताको जनचाहाना अनुसार राज्य व्यवस्था पद्धतिको लागि, नेपाललाई आत्मनिर्भर र राष्ट्रिय पूँजी एवम् उद्योगधन्दाको विकासको लागी हुनुपर्दछ । तर देशमा भएका सबै स्रोत र साधन बुझाउने बहुराष्ट्रिय कम्पनी निम्त्याएर देशलाई कंगाल बनाउने परिवर्तन नेपाली जनताले चाहेका होइनन् । व्यक्तिहरुलाई मोटाउने जनता दुब्लाउने राष्ट्रको दिर्घकालिन असर पर्ने सन्धीसम्झौता गर्न लगाउने नेपाली जनताले नेता मागेका होइनन् । यो त भारतीय नेता स्व। नेरुको पालादेखिको योजना अनुसार नेपाललाई सिक्किम बनाउने गुरुयोजनामा नेपालका नेता गणहरुलाई त्यो योजनामा पछि दौडाउने र आफ्नो एजेण्ड बनाउँदै जाने उनीहरुको योजना मुताविक सत्यता हो भन्ने कुरा अहिले देखिरहेको नेपालको राजनीतिक, आर्थिक, सामाजिक, क्षेत्रको परर्निभरता र भारतले जे गरे पनि नेपाली नेताहरुले चुप लागेर बस्नु भनेको नै स्वर्गीय नेरुको योजना मुताबिक नै नेपाली नेताहरुले पनि काम गर्दैछन् भन्ने कुरा देखाउँदैछ ।

दक्षिणको इसारामा नेपालको राज्यपर्नसंरचानाको सवालमा एक मधेस प्रदेशको मोड्ल ल्याइएको थियो तथापि त्यो हुन सकेन । पश्चिम नेपालको जनताको दबाव र विद्रोहले सम्भव नभएको हो । नेपालको भूगोल र इतिहास बिनाको राज्य संरचना ९प्रदेश ढाँचा० बनाएकोले आज प्रदेश नं। २ मा स्थीतिलाई मध्यनजर गर्न सकिन्छ । संघात्मक राज्य व्यवस्था आफै्मा गलत होइन्, मुलुकको भूबनावटलाई मध्यनजर नगरिकन बनाउँदाको परिणाम अब नेपालले विस्तारै भोग्दै छ । विशाल जनसंख्या भएका र शक्ति राष्ट्रहरुको बिचमा अवस्थित भू सामारिक तथा भूसुरक्षाको सवालमा ध्यान नै नदिनुले आज प्रदेश नं। २ मा अनेकौं किसिमका राष्ट्रघातका नाराहरु गुन्जन थालेका छन् । अब यो राष्ट्र बचाउन आम नेपालीहरुको एकताको खाँचो छ ।

हामी हाल आन्तरिक रुपमा उत्पीडन वा उपेक्षितमा परेपनि हामी आन्तरिक रुपमा धार्मिक, साँस्कृतिक, राजनैतिक एवम् प्रशासनिक क्षेत्रमा विभेदमा परेपनि हामी सबै क्षेत्र वर्ग र जातिका समूदायले एउटा राष्ट्रिय स्वाधिनताको लडाईमा हातेमालो गर्न जरुरी छ । हाम्रो छिमेकी राष्ट्रहरु छिमेकी भूमि र मित्रता देखाएको भए छिमेकीको विकासगति धेरै अघि बढेको छ । हामी किन पछाडी प¥यौँ रु त्यसमा हामी गम्भिर हुनु पर्दछ । के हामी दुई विशाल देशका बार ९वाल० मात्रै हौँ रु या दुई ढुङ्गाका तरुण हौँ रु हामी त दुई विशाल छिमेकी मुलुक बीचका मित्र हौँ । मित्रलाई मित्रता व्यवहार गरौँ । यदि छिमेकीले हामीलाई मित्रताको व्यवहार गरेका छन् त रु सवाल यो । उनीहरु आफ्ना रुचीमा हामीलाई प्रयोग गर्ने उनीहरुको नियत मात्र हो, हामी के चाहान्छौँ रु त्यसमा हामीलाई सहयोग गर्ने हो तर उनीहरु के चाहान्छन् रु त्यसमा हामीले आँखा चिम्लेर हस्ताक्षर या समर्थन गर्नु पर्ने केहि बाध्यता छ त रु हाम्रो परिवर्तन त हामी नेपाली जनताले पो ल्याएका हौँ ।

नेपाली जनताको बलिदानी र योगदानलाई भुलेर उनीहरु जे भने र त्यो राज्य सञ्चालक र नेतृत्व वर्गले आँखा चिम्लेर समर्थन गर्ने हो त रु यसर्थ के क्यूवा धेरै ठूलो देश छ त रु विश्वभरि छत्र छायाँ पारेको अमेरिकासँग उ झुकेको छ त रु आज संसारलाई च्यालेन्ज दिँदैछ । उत्तरकोरियाले कुनै पनि देशसँग उ झुकेको छ त रु संसारलाई धम्की दिइरहेको छ । के उ पनि ठूलै देश हो त रु त्यसैले ठूला शक्ति हुँदैमा उनीहरुसँग डराउनु पर्ने त होइन । यसैले लोभ, लालच र आर्थिक लाभमा देशलाई उनीहरु निर्देशित अवस्थामा हिँडाल्ने काम गर्ने शासक र नेतृत्वलाई अव नेपालीले सजाय दिने कि नदिने रु एउटा परिवर्तनको नाम नेपालको स्रोत भेटी चढाउने दलाल शासकबाट होसियार हुने कि नहुने, यसैले हालसम्मका यी सबै नेता एवम् प्रमुख यहाँका ब्यूरोक्राइसहरु कहाँबाट सञ्चालित छन् । यिनीहरुको खोजी नीति गर्नुपर्ने काम अव नेपाली जनताले गर्नुपर्दछ । वर्तमान राजनीतिक दलका कार्यकर्ताहरुले पनि आफ्नो नेता कहाँ कहाँबाट सञ्चालित छ रु देशलाई कता धकेल्दै छ रु त्यस पार्टीका कार्यकर्ताहरुले खोजी गर्नु पर्दछ र सार्वजनिक नङ्ग्याउनु पर्दछ । त्यसैले हामी सचेत नेपालीहरुले राष्ट्रिय स्वाधिनताका लागि आफ्ना व्यक्तिगत झिनामसिना कुराहरुलाई एउटा कुनामा राखेर समग्र देशको हितको निम्ति एक जुट हुनु आवश्यक छ ।

अन्यथा यस्तै अवस्थामा स्वयम् हामी नागरिकहरुले चुप लागेर बस्यौँ भने एकादेशको कहानी भएर हामी समेतको अस्त्वि खतम् हुनेछ । त्यसैले विश्वको इतिहासमा शासकहरु कहिल्यै राष्ट्रवादी हुँदैनन् । सत्ता टेकाउनका लािग र सत्तामा जानका लागि कुनै न कुनै राष्ट्रहित विपरित काम गरेका हुन्छन् । तर जनता भने जहिले कहिले राष्ट्र प्रेम, देश प्रेम प्रति वफादारी हुन्छन् । यसैले अवका दलाल र देशलाई अरुकै भरमा सञ्चालन गराउन खोज्ने एजेण्डहरुलाई खोजी खोजी सार्वजनिक रुपमा वहिष्कार गरौँ । यसैमा सबै नेपाली जनताको कल्याण छ, देश बन्छ, राष्ट्रिय स्वाधिनताको आन्दोलनबाट आएको जनताको छोरो नै देश हाक्न सक्दछ । यसर्थ अहिलेसम्म देखिएका सबै राजनीतिक नेतृत्व एवं नेपालको इतिहास र भूगोलको अवस्थालाई अध्ययन नै नगरिकन संघिय ढाँचाको सिमांकन गर्दाको परिणामले मुलुक ट्क्रने सम्भावना देखिएको छ ।

Facebook Comments

LEAVE A REPLY