धनाढ्यहरुको भड्किलो र खर्चिलो व्यवहारले दशैंको मौलिकता हरायो

84

– राम तामाङ अध्यक्ष (श्रमजीवि मजदुर ट्रेड युनियन महासंघ नेपाल)

दशैं कसरी मनाईरहनु भएको छ ?
हजुर ठिकै नै भईरहेको छ भन्नुपर्छ किनभने हाम्रो महासंघ कै एक जना बरिष्ठ सल्लाहकार ललितमान श्रेष्ठ हालसालै हृदयघाटबाट निधन भएको हुनालेपनि यसपालिको दशैं त्यति रमाइलो हामीलाई लागेको छैन्, तरपनि नेपालीहरुको महान चाड वडादशैं भएकोले देश विदेशमा रहनुहुने सम्पूर्ण मजदुरहरु र नेपालीजनहरुमा शुभकामना आदान प्रदान हामीले चियापानको आयोजना गराउँदै शुभकामना बाढ्यौ ।

तपाई श्रमजीवि मजदुरहरुको आवाज उठाई रहनु भएको छ कतिपय मजदुरहरुले दशैंमा समेत पारिश्रमिक, सुविधालगायत नपाएको सुनिन्छ यसलाई कसरी लिनुहुन्छ ?
हो हामीले पनि यस विषयमा गम्भिर बनेर सोची रहेका छौं । के गर्ने पत्रकार मित्र आज श्रर्मीक मजदुरहरुको अवस्था दयनिय छ । हालसालै दशैंको विचमा टि स्टेटका मालिकहरुले श्रर्मीकहरुको श्रम ज्याला नदिएर टड्पिएर बसेका मजदुर साथीहरुको अवस्था बारे विभिन्न पत्रपत्रिका र खबर संजालहरुमा प्रकाशित भए तरपनि सम्बन्धित निकाय र सरकार पक्षधरहरु मौन बसेर नसुने झै गरे, ती मजदुर साथीहरुको यसपटक दशैं खल्लो बन्यो या राम्रो बन्यो, हामी आफैले कल्पना गरौं, यो एउटा उदाहरण पात्र घटनामात्र हो, हामीले लाखौं मजदुरहरुले तलव नपाए अन्य सेवा सुविधा नपाएको र दशैं विदा नदिएको जस्ता समस्याहरुको गुनासो आम मजदुरहरुको छ ।

पहिलेका दशैं भन्दा यसपटकको दशैं बढि भड्किलो र खर्चिलो भएको भन्ने सुनिन्छ यस विषयमा तपाईको धारणा के छ ?
भड्किलो र खर्चिलो हुनुमा सिमित हुने खानेको जमातहरुको लागि मात्र भएको हो भन्न चाहन्छु, किन भने अधिकांश गरिव किसान मजदुर श्रर्मीकहरुको अवस्थामा हामी पुगौं त्यहाँ गहिराएर हेरौं । के कसरी उहाँहरुले दशैं मनाईरहनु भएको छ भन्ने कुरा किन भने केही सुकिला, मुकिला र भ्रष्ट एवं कालोबजारीहरुको लागि भड्किलो र खर्चिलो स्वभाविकै होला, तर आम सर्वसधारणहरुको लागि आज दशैं मान्न पनि द्यौ द्यौ परेको अवस्था देखिन्छ, हुन त त्यहि नव धनाढ्यहरुको भड्किलो र खर्चिलो व्यवहारले हरेक दशैंको मौलिकता मात्र होइन हरेक चाडपर्वहरुको हराउँदै गएको पाइन्छ ।

बर्तमान दुई तिहाई सरकारले गरेको विकास निर्माण र पछिल्लो राजनीतिक घट्नाक्रमका बारेमा यहाँको धारणा के छ ?
बर्तमान सरकार निर्माण हुनुभन्दा अगाडि सम्पूर्ण नेपाली जनहरुले सोचेका थिए, राजनीतिक अस्थिरताका कारणले कुनैपनि विकासहरु हुननसकेको होला यही सोचले वर्तमान सरकारलाई इतिहासकै सबैभन्दा ठूलो जिम्मेवारीसहित त्यो पार्टी वा यो पार्टी नभनेर अत्याधिक मतसहित दुई तिहाईको सरकार बनाउने जिम्मेवारी दिएर अस्थिर राजनीतिलाई त किनारा लगाईदिए, तथापि दुई तिहाई सरकार आज आएर यति लज्जित बन्यो कि विकास निर्माणको नाममा जनताको ढाड भाच्निेगरि कर बढाउने र पटक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि गर्ने, कालोबजारी भ्रष्टाचारीहरुलाई उल्टै निर्माणको जिम्मेवारी दिने, नेपाली चेलीहरु दिनहुँ बलात्कृत हुने र बलात्कारीलाई कारवाही नहुने जस्ता घट्नाक्रमले नै पुष्टि गर्छ की यो सरकारले कति विकास गर्यो र मुलुकमा शान्ति सुव्यव्सथा कायम गर्न सक्यो रु साथै सरकारले वितरण गरेको गरिव पहिचान परिचयपत्रको वितरणमा समेत अनियमित ढंगले वितरण गर्नुले पनि सरकार गरिव र धनीको पहिचान गर्न कत्तिको सश्रम छ भन्ने प्रश्न उब्जिएको छ । साथै महंगीको कुरा गरौं, आज सरकारले नै तोकेको मुल्य भन्दा बढी पैसा तिरेर हरेक बस्तु खरिद गर्न आम उपभोक्ताहरु बाध्य छन्, तत्काल तपाई चिनी खरिद गर्न जानुस् सरकारले तोकेको छ खुद्रा मुल्य ६३ मात्र, यद्यपि हामी उपभोक्ताहरु ७० देखि ८० रुपैयाँ तिरेर खरिद गर्न बाध्य छौं, खोई कहाँ भो कालोबजारीलाई कारवाही रु खोई कहाँ छ यतिबेला दूई तिहाईको सरकार रु यस्ता विविध खाले कृयाकलापलाई हेर्ने हो भने सरकारको उपस्थिति शून्य छ । हाम्रो अनुरोध सरकारले पानी जहाज र रेल ल्याउने कुरा छोडौं, तत्लकालको समस्या समाधान गरेर जनतालाई राहत महसुस हुने कार्यक्रम तत्काल कार्यान्वयनमा ल्याएर जनता न्यूनतम सुविधा धुलो रहित सडक निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न सकोस्, दुर्गम क्षेत्रहरुमा भोकमारीको समस्यहरुले पिरोली रहेको छ, त्यहाँ पनि राहत दिने प्रयास यो सरकारले गर्न सकोस् भन्न चाहन्छु ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम गरिव, सुकुम्बासी, किसान, मजदुर श्रमजीविहरुलाई हाम्रो आव्हान छ कि, बडा दशैं वा कुनैपनि चाडवाडहरु आफ्नो गक्ष अनुसार मनाउनु होला, जुवा, तास, मदिरापान जस्ता पिय पर्दाथहरु सेवन गरेर रोग ननिम्त्याउनु होला भन्ने हाम्रो सुझाव र सल्लाह छ र सम्पूर्ण देश विदेशमा रहनुहुने नेपाली दाजुभाई, दिदीबहिनी, आमाबुबाहरुमा विजया दशमीको अवरसरमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

Facebook Comments

LEAVE A REPLY