हिन्दुराष्ट्रको लागि विद्रोह हुन्छ -एम.वि. राउत

152

एम.वि. राउत (राजनीतिक, सामाजिक अभियन्ता)

विभिन्न सामाजिक, राजनीतिक तथा धार्मिक क्षेत्रमा अहोरात्र सक्रिय रहेका व्यक्ति हुन् – एम.वि. राउत । राउत देशको केन्द्रविन्दु मानिएको राजधानीको काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं. १५ तिनथानामा जन्मिएका हुन् । उनले सिंहदरवारको कृयाकलापलाई नजिकबाट नियाल्दै आएका छन् । उनै राउतसंग तीव्रखबर प्रतिनिधीले गरेका छोटो कुराकानी :

नेपालको बर्तमान राजनीतिक अवस्थालाई कसरी हेर्नुभएको छ ?
नेपालको बर्तमान राजनीतिक अवस्था तरलता तर्फ बढ्दैछ । दुई तिहाई प्राप्त सरकारले त जनताका आकाँक्षा र अपेक्षालाई पूरा गर्न सकेन भने अब बन्न सक्ने बहुमत वा मिलीजुली सरकारको औचित्य समाप्त भैसकेको छ । वास्तवमा यो लोकतन्त्रको अस्तित्व पनि यही दुई तिहार्इको सरकारबाट समाप्ति उन्मूख हुँदैछ । जनताका अपेक्षा र आकांक्षालाई लत्याई तस्कर र माफियाको आड्मा यो सरकार चलेको देखिएको छ । भ्रष्टाचार महंगी र अशान्तिले देश आक्रान्त बन्दै गएको छ । सरकार भएको महशुस जनताले गर्न सकेका छैनन् । देश उद्योगतितिर लाग्दैछ । राजनैतिक दलका नेताहरु भ्रष्ट बन्दै आफू अनुकूल कानुनहरु ब्नाउन उद्यत छन् ।

तपाईको विचारमा नेपालको राज्य व्यवस्था कस्तो हुनुपर्दछ भन्ने लाग्छ ?
नेपालको राज्य व्यवस्थाबाट नेपाली जनताले खासै त्यति ठूलो अपेक्षा राखेका छैनन् । लोक कल्याणकारी राज्य व्यवस्था अन्तर्गतको लोक कल्याणकारी कार्यक्रमहरुको अपेक्षा राखेका हुन् । भ्रष्टाचार मूक्त देश, शान्ति, सुव्यवस्था र सुशासन यूक्त शासन व्यवस्था र मंहगी नियन्त्रण नै जनताको ठूलो आशा छ र रोजगारीको अवसर श्रृजना गर्नु पर्ने अर्को अपेक्षा आम नेपाली जनताको हो ।

तपाई विभिन्न धार्मिक संघ संस्थामा हुनुहुन्छ नेपालको पहिचानबारे तपाईको धारणा के छ ?
नेपालको पहिचान भनेकै हिन्दु राज्य हुनु हो । संसारमा हिन्दुत्व भनेको यस्तो चिज हो जुन अरु कुनै धर्ममा पनि छैन् । लोकल्याणकारी हाम्रो सनातन धर्म जति उदार धर्म अर्को कुनै छैन । वशु दैव कुटुम्बको नाराले सोभायमान यूक्त, हाम्रो धर्ममा जति आत्म सन्तुष्टि अरु कुनै धर्ममा पनि छैन त्यसैले यूरोप अमेरिकाभर हिन्दुत्व बढ्दै गएको छ । हामी भने उल्टोतिर जाँदैछौं । तर जनतामा हिन्दुत्व भावना हराएको छैन । हराएको छ त केवल, नेताहरुमा विदेशीको पैसा खाएर नेपाललाई धर्म निरपेक्ष बनाएर यि हाम्रा नेताहरुले भन्ने कूरा जनताले थाहा पाइसकेका छन् । त्यसैले जनताले धर्म निरपेक्ष की सापेक्ष भन्ने कूरामा जनमत संग्रह हुनुपर्छ भन्ने कूरा व्यापक रुपमा उठदैछ । कांग्रेस, नेकपा, जस्ता पार्टीहरुमा पनि हिन्दु धर्म हुनु पर्ने भन्ने आवाज उठ्न थालेको छ । जनताको दबाव यि सबैकूराहरुमा भैरहेको छ ।

के हिन्दु राज्य सम्भव छ त ?
हिन्दु राज्य हुनुपर्छ भन्ने कूराको अनुभूति यतिबेला सबैतिर व्याप्त बनेको छ । पार्टीहरुमा त यो वहश शुरु भैसकेको छ । यस्को पहल कदमी स्वरुप नेपाली कांग्रेस पनि यो मुद्दामा आइ सकेको छ । नेकपामा पनि तीव्र वहश छ । बाँकी जनता हामी ८० पैतिशत भन्दा बढी हिन्दु भएको ठाउँ जहा १० प्रतिशत भन्दा बढी बौद्ध मार्गी छन् अनि किराँतीहरु छन् यि सबै हिन्दुत्व भित्र समाहित भैरहेका छन् । ९० प्रतिशत भन्दा बढी जनता हामी ओमकार परिवार भित्र छौ, भने अव भन्नुस नेपाल कसरी धर्म निरपेक्ष हुनसक्छ । जनताले गत सालको चूनावमै नेताहरुलार्इ भनि सकेका छन् कि नेपाल हिन्दुराष्ट्र हुनु पर्छ अन्यथा अर्को निर्वाचनमा हामी हिन्दुराष्ट्रको लागि जूनसुकै विद्रोह गर्न सक्छौं भन्ने सन्देश नेताहरुले पाई सकेको हुँदा अव पार्टीहरु यो बहशमा आई सकेका छन् । यदी नेपाल अवका केही वर्षमा हिन्दुराज्य हुन सकेन भने यि पार्टीहरुको अस्तित्व पनि समाप्ती तिर जाने छ । नेपाली जनताहरुलाई नेपाल हिन्दुराज्य हुनु पर्छ भन्ने विषयमा हामीहरुले विभिन्न कोणहरुबाट आम जनाताहरुलाई बुझाउने कोशिशहरु जारी राखेका छौं । यदी यो देशका नेताहरुले त्यो कुरालाई बुझेनन् भने जनताहरु विद्रोह गर्न तयारी अवस्थामा रहेको मैले बुझेको छु । त्यसैले आशा गरौं चाँडै नेपाल हिन्दु राज्य हुनेछ हिन्दुत्व बचाउनको लागि धेरै अभियानहरु च्लि रहेको छ । त्यसैले छिट्टै आकारहरु ग्रहण गर्दै गैरहेको छ ।

संघियता बारेमा तपाई के भन्नुहुन्छ ?
पार्टीहरुको सिन्डकेटमा चलेको वर्तमान राज्य व्यवस्था त फेलर भएको देखि सकियो त, दूई तिहाईको सरकारले त सिन्को भाँच्न सकेन भने अव भन्ने बहुमतको सरकार र मिलिजुली सरकारले त माखो पनि मार्न सक्दैनन् भन्ने कूरा जनताले भैसक्यो । जनताको नाउँकोमा करको बोझ थोपरेर यो संघियता टिक्ने कूरा कल्पना समेत नगर्दा हुन्छ । करको कारणबाट जनताहरु आक्रान्त छन् । छिट्टै जनताहरु संघियताको विद्रोह गर्न बाध्य हुनेछन् । नेपाली जनतामा करको बोझ थोपरेर नेताहरुको सुख, सुविधा बढाउन तल्लिन छन्, वर्तमान सरकार नेताहरुले जे गरे पनि हुने । आफूलाई अनुकूल हुने गरी कानुन बनाउने । माफिया, ठेकेदारी, कालो बजारीको पक्षमा कानुन निर्माणमा तल्लिन छन् । यो देशका पार्टीहरु । जनता र कार्यकर्तालाई ओझेलमा पारी आफूहरु अकुत सम्पत्ति कमाउन तल्लीन छन् हाम्रा नेताहरु अनि कसरी हुन्छ नेपालको विकाश ? विकाश त नेताहरुको पो भएको छ । जनता र देशको खै ? त्यसैले यो व्यवस्था पूर्ण रुपमा असफल भैसकेको छ जनताले विद्रोह गर्न मात्र बाँकी छ ।

सरकारको विकासगतिलाई कसरी लिनुहुन्छ ?
देश विकासको के कुरा गर्नुहुन्छ, यो सरकारले उहिल्यै बनेको सानो तिनो सडक त कालोपत्रे गर्न सक्दैन, उदाहरणको लागि लिगौं न हाम्रो चनपा भित्र कलंकी नागढुंगा सडक राजधानी प्रवेशद्धारको गति हेर्नुस त कस्तो लथालिंग छ । धुलो, धुवा, खाल्डाखुल्डीले धेरैको ज्यानलिई सकेको छ । तैपनि सरकार लाचार छ । यो ५, ६ वर्षमा पनि माखो मार्न सकेको छैन सरकारले । रातारात सक्नु पर्ने यो काम ५,६ वर्ष लगाउँदा पनि केही गर्न सक्दैन भने यो सरकारबाट अव के आशा राख्नु । जनताले आफै बनाउँछु भन्न थाली सके यो सडक । यति भन्दा पनि लाज शरम नमान्ने शासकहरुलाई हुत्तीहारा शासकहरु हो भन्नु अत्यूक्ति नहोला ।

Facebook Comments

LEAVE A REPLY