सुन्धाराको सिटिसी मलमा खुल्यो सिटीसी मोबाइल हब

20

काठमाडौं । राजधानीको पार्किङ समस्यालाई ध्यानमा राखेर यथेष्ट मात्रामा निशुल्क पार्किङ सहित राजधानीको सुन्धारामा रहेको सिटीसी मलमा मोबाइल हब सञ्चालनमा आएको छ । मोबाइल पारखीहरुका लागि नयाँ गन्तव्यको अवधारणा सहित एक कार्यक्रमका बिच बिहीबार सिटीसी मोबाइलहबको औपचारिक सुरुवात गरिएको हो । मोवाइल सम्बन्धि सबै सेवा एकै छाना मुनिदिने लक्ष्य सहित दशैंको पुर्वसन्ध्यामा दशैं धमाका मोबाइल मेलाको आयोजना गर्दै मोबाइल हबले आफ्नो उपस्थिती जनाएको हो । नयाँ मोवाइल गन्तव्यका रुपमा लिइएको मोबाइल हबले भारी छुट सहित मोबाइल मेला सुरु गरेको हो ।
असोज ३१ गतेसम्म सञ्चालन हुने दशै धमाकासाथै अफर भित्र पनि अफर नामक मोबाइल मेलामा मोवाइल खरिद गर्ने ग्राहकले ६० प्रतिशतसम्म छुट पाउने छन । शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल समेत किन्न सकिन्छ । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए । एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टा पट्टा पनिगर्न सकिनेछ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्रण्डका मोवाइल बितरण गरिनेछ । सबैभन्दा धेरै ब्राण्ड, सबैभन्दाधेरै भेराईटी समेटेको मोबाइल हबमा बिश्वब जारका चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन् । मोबाइलका एक्सेसरिजका साथै नेपालमा चल्तीमा रहेका अधिकांस ब्राण्डका ल्यापटपका लागिपनि सिटिसी मोबाइल हबमा उचित गन्तव्य बन्ने छ । नेपालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सिर्भस सेण्टर मोबाइलहबमा छन् । नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमा आएको मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिलजोनको समेत व्यवस्था छ ।

Facebook Comments

LEAVE A REPLY