सर्वो पानी तान्ने मेशिन गुणस्तहिन : समस्या टिपाउने फोन बन्द

47

काठमाडौं। सर्बो टेक्नोलोजीस् प्रालिले विगद लामो समयदेखि देशभर बिक्री वितरण गर्दै आएको सर्वो नामको पानी तान्ने मेसिन गु्णस्तहिन रहेको पत्ता लागेको छ । सो कम्पनीले लामो समयदेखि कर र मुल्य अभिबृद्धिक कर (भ्याट) समेत छली गरि करोडौ रुपैयाँ बिदेश लैजादै आएको सो कम्पनीले आफ्ना ग्राहकहरुलाई मात्र हैन सरकारलाई समेत ठगी गर्दै आएको भेटिएको हो । सो कम्पनीले बिक्री गर्दै आएको गुणस्तहिन सर्वो पानी तान्ने मेसिनका कारण अधिकाशं उपयोगकर्तहरुले सास्ती भोग्नु परेको दुखेसो गरेका छन् । आफ्ना ग्राहकहरुलाई पानी तान्ने मेसिनमा बिग्रेर मर्मत गरेको मेसिन जडान गरिदिई अत्याधिक मंहगो शुल्क समेत असुल्दै आएको छ ।
सर्वो मेशिन बिक्री गर्दा दिएका ब्रोसर र सम्पर्क नम्बर कुनै पनि नलाग्ने अवस्थामा भएकाले सेवाग्राहीले झनै दुःख पाइरहेका छन् । नयाँ पानी तान्ने मेशिन भनेर किने तर पानी नियमित नताने पछि निकै सकस भयो काठमाडौं स्थित नैकाप निवासी योजना भण्डारीले गुनासो गरिन् । उनले सर्वो पानी तान्ने मेशिन किनेको तीन महिना पनि पुगेको छैन ।भण्डारीले मेशिन जडान गरेको पहिलो दिननै उक्त मेशिनले पानी नताने पछि तिन दिन लगाएर प्राविधिक बोलाएर बनाउनु परेको थियो । पानी तान्ने मेशिनको प्राविधिक पक्ष निकै कमजोर भएकाले पछिल्लो समय मेशिनले असाध्यै दुःख दिने गरेको छ ।

Facebook Comments

LEAVE A REPLY