नाप तौल बचत बजारको यस्तो ठगी

99

काठमाडौं । विगत लामो समयदेखि नेपाली बजारमा विभिन्न घरायसी समानको बिक्री वितरण गर्दै आएको ‘नाप तौल बचत बजार’ नामक संस्थाका समानहरु भन्सार छली गरि ल्याएको खुलासा भएको छ । सो सस्थाले आम उपभोक्ताहरुलाई भारी छुट भन्दै राजधानीमो कालिमाटी–१३ मा आफ्नो बिक्री कक्ष खोली भन्सार छलीका सामान बेच्दै आएको छ ।

घरायसी सामानको रुपमा भारतबाट भन्सार छली गरि ल्याईएका रोटी मेकर लगायत अन्य सामानहरुको सो सस्थाले भन्सार विन्दुमै गरिनु पर्ने न्यूनतम भन्सार दर ९एमआरपी० नतोकी विना रोकतोक बिक्री वितरण गर्दै आएको छ ।

भन्सार ऐन अनुसार कुनैपनि विद्युतिय सामाग्रीको कारोबार गरिदाँ सो सामानहरुको भन्सार विन्दुमा न्यूनतम मूल्य तोकीनु पर्ने व्यवस्था लागु गरिएको छ । तर सो सस्थाले हाल सम्म एमआरपी नतोकी सामान बिक्री गरिदाँ समेत सम्बन्धित निकाय भने मौन रहेको छ ।

मुलुकको मुख्यमुख्य सहरमा सो सस्थाले आफ्नो बिक्री कक्ष खोली आफुखुशी मूल्य तोकी बिक्री वितरण गदै आएको समेत उपभोक्ताहरुले जनाएका छन् । हाल सम्म नेपालगञ्ज, विराटनगर, विरगञ्ज, भैरहवा, महेन्द्रनगर, बुटवल, चितबन लगायतका स्थानमा शाखा बिक्री कक्ष खोली मूल्य अभिबृद्धि कर ९भ्याट० मा दर्तानै नगरि सामान बिक्री गर्दै आएको छ । नाप तौल बचत बजारले राजधानीमा एक सामानको न्यूनतम मूल्य ५ हजार रुपैयाँदेखि बिक्री गरेको छ, उपत्यका बाहिर सोही सुामानको न्यूनतम मूल्य प्रति १ वराबर ७ हजार रुपैयाँमा बिक्री गरेको छ ।

‘नेपाल नम्बर १ होम सपिङ बजार’ को अर्को नाम दिएर सो सस्थाले आफ्नो ‘लोगो’ तयार गरेर विना अनुमती सामान बिक्री गरेको छ । सो कम्पनीले नेपाली बजारमा बिक्री वितरण गरेको सामानको तथ्याङ सरकारी रेकर्डमा कतै भेटिदैन ।

विना दर्ता सञ्चालनमा रहेको सो सस्थामा सम्र्पक गर्दा सम्बन्धित व्यक्ती भने फोन सम्र्पकमा आउन चाहेनन् । कालिमाटी स्थित रहेको बिक्रीकक्षबाट समान खरिद गर्ने उपभोक्ताहरुलाई दिएको विल समेत साधारण रहेको छ । उपभोक्ताहरुले भ्याट विल माग गर्दा समेत सो सस्थाले ३ महिनापछि हामी तपाईहरुलाई बोलाई भ्याट विल दिने भनेको एक उपभोक्ताले बताए । सो सस्थाबाट जारी गरेको विल नम्बर १७७५, १७७७ समेत साधारण रहेको छ । सो विलमा कतैपनि दर्ता नम्बर उल्लेख गरिएको छैन् ।

नाम नछाप्ने सर्तमा एक उपभोक्ताले भने,‘पटक÷पटक मैले भ्याट विल माग गरे तर दिएन् मैले सो सस्थाबाट बिक्री गरेको ‘रोटी मेकर’ नामको विद्युतिय सामान खरिदगर्दा भ्याट विल पाईन ।’ यसरी विना भ्याट विल दैनिक हजारौ उपभोक्ताबाट आफु खुशी मुल्य तोकी बिक्री गरेपनि सम्बन्धित निकायमा जानकारी गराउदा पनि सो बारे सुनुवाई नभएको ती उपभोक्ताले बताए ।

राजधानीमै विना दर्ता सामान बिक्री गरि दैनिक लाखौ रुपैयाँ आयकर समेत छली गरेको छ । भने भन्सार छली गरि सामान नेपाल भित्राई विना रोकतोक बिक्री वितरण भएको छ । सरकारी पक्षको फितलो अनुगमनका कारण लामो समयदेखि विना दर्ता अबैध रुपमा कारोबार गर्दै उपभोक्ता ठगी गर्दै आएको छ ।

Facebook Comments

LEAVE A REPLY