ताम्राकार मोवाइल कम्लेक्सका व्यापारीले चुने नयाँ नेतृत्व, दशैं-तिहारमा विशेष अफरको तयारी

152

काठमाडौं । नेपालको एकमात्र मोवाइल कम्लेक्सको रुपमा परिचित काठमाडौंको न्यूरोडमा रहेको ताम्राकार कम्लेक्सका मोवाइल व्यवसायीहरुले आज नयाँ नेतृत्व चयन गरेका छन् । नयाँ नेतृत्वले मोवाइलका ग्राहकहरुलाई लक्षित गरि दशैं तिहारको अवसरमा कम्लेक्समा आउने उपभोक्ताहरुलाई विभिन्न अफर ल्याउने तयारी गरिरहेको बताइएको छ ।

ताम्राकार मोवाइल व्यापार संघ ताम्राकार कम्लेक्समा मोवाइल व्यवसाय गर्नै व्यवसायीहरुको एकीकृत संस्था हो, उक्त संस्थाको काठमाडौंमा आज आयोजित दोस्रो साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । जसमा क्रमशः अध्यक्षमा जगत साउद, उपाध्यक्षमा कृष्ण पराजुली, सचिवमा गुरुदत्त शर्मा, कोषाध्यक्षमा अनिल ढकाल, सदस्यहरुमा रमण पराजुली, रामदास ठकुरी, कल्पना तिवारी, सल्लाहकारहरुमा प्रदिप कुमार बानियाँ, माधव रोकाया, मधुकर लामिछाने, लगायतलाई सर्वसहमत निर्वाचन गरेको हो ।

उक्त, संस्थाको नयाँ नेतृत्व चयनसंगै ताम्राकारका व्यवसायीहरुको व्याापार बृद्धि गर्ने र उपभोक्ताको आकर्षणलाई लक्षित गरि विभिन्न प्याकेजहरु ल्याउने तयारी भैरहेको संस्थाले जनाएको छ ।

सो साधारणसभालाई सम्बोधन गर्ने क्रममा कामनपा वडा नं. २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले सो संस्थाले आयोजना गर्ने विभिन्न मेला तथा उत्सवहरुमा नगरपालिकाको विशेष सहयोग र साथ रहने प्रतिवद्धता व्यक्त गरेका छन् । संस्थाको साधारण सभा कामनपा वडा नं. २२ का वडाध्यक्ष चिनीकाजी महर्जनको प्रमुख अतिथ्य तथा ताम्राकार कम्लेक्सका अध्यक्ष प्रदिप ताम्राकारको विशेष अतिथ्यतामामा सम्पन्न भएको थियो ।

Facebook Comments

LEAVE A REPLY