उपभोक्ता ठगी : दशैंको मौकामा बाइक मार्टको चौका

93

-पवित्र शर्मा

काठमाडौं । दशैंको मौकामा बाइक विक्रिमा विभिन्न अफरहरु भएको भएतापनि बाईक मार्ट नेपालले भने उपभोक्ताहरुलाई अफरहरु लुकाउँदै ठगी गर्दै आएको बताइएको छ ।

प्राप्त समाचार अनुसार उक्त मार्टले उपभोक्ताहरुलाई बाइकहरुमा समेत महंगो रकम ठगी गनृुका साथै व्यक्तिगत रुपमा ऋण लगानी गरेर राष्ट्र बैंकको नीतिलाई समेत खिल्ली उडाउँदै आएको समाचारस्रोतले उल्लेख गरेको छ ।
साथै कर छली गर्दै अवैध कारोवारमा बाइक मार्ट नेपाल लामो समयदेखि सक्रिय रुपमा लागि परेको बताइएको छ । बाइक मार्ट नेपालले कारोवार अनुरुपको कर नतिरेको भन्दै यतिबेला बाइक मार्ट विरुद्ध उजुरीको तयारी उपभोक्ता हितसंग सम्बन्धित संस्थाहरुले गर्न थालेको बताइएको छ ।

उपभोक्ता ठगी गर्न व्यापारीहरुले अनेकौं कर्तुत गर्ने गरेको खबर सार्वजनिक हुँदै आएको भएतापनि पछिल्लो समयमा एक मोटरसाइकल व्यापारीले उपभोक्ता ठगीमा नयाँ हर्कत गर्दै आएको तीव्रखबरले फेला पारेको छ ।

प्राप्त समाचार अनुसार टिभीएसका आधिकारिक वितरक समेत रहेको बाइक मार्ट नेपाल प्रा।लि।ले आफ्ना मोटरसाइकल धितो राखी अवैध रुपमा चर्को अर्थात मिटर व्याजदरमा ऋण लगानी गर्ने गरेको बताइएको छ । साथै मोटरसाइकल खरिद गरेका उपभोक्ताहरुलाई समयमा पैसा तिर्न नसके महंगो दररेटमा व्याज अशुल गर्ने गरेको समाचारस्रोतले उल्लेख गरेको छ । यसरी अवैध रुपमा मिटरव्याज धन्दा गर्दै आएको सो मार्ट नेपाल अहिलेसम्म कारवाहीमा नपर्नुलाई उपभोक्ताहरु अर्थपूर्ण लिन्छन् ।

यसैगरि विभिन्न उपभोक्ताहरुलाई टिभिएसले दिने गरेको विभिन्न अफरहरुमा समेत ठगी गर्ने गरेको बताइएको छ । कतिपय क्यासब्याक अफर, एक्सचेञ्ज अफर, विभिन्न सामाग्री गिफ्ट अफरहरुमा उपभोक्त ठगी गर्ने गरेको एक उपभोक्ताले नाम उल्लेख नगर्ने शर्तमा तीव्रखबर प्रतिनिधीलाई बताए ।

काठमाडौंको खुसिबुमा रहेको उक्त मार्टका संचालक किशोर महर्जनले संचालन गरेको रिकण्डिसनमा पनि उपभोक्ताहरुलाई ठगी गर्ने गरेको उपभोक्ताहरुको आरोप छ । मार्ट नेपालको रिकण्डिसन सोरुमबाट मोटरसाइकल खरिद गरेका राजु अर्यालका अनुसार महर्जनले अवैध रुपमा बाइक खरिदकर्ताहरुबाट व्याजसमेत अशुल गर्ने गरेको खुलासा गरे । बैंकिक ऐन अनुसार यसरी अवैध रुपमा सो मार्टले बैंकिङ कारोवार गर्न नपाउने नियम रहेको राष्ट्र बैंकका एक उच्च अधिकारीले तीव्रखबर प्रतिनिधीलाई बताए । बाइक मार्ट नेपालको कर छली र ठगीधन्दा विरुद्ध यतिबेला केही उपभोक्त हितसंग सम्बन्धित संघ संस्थाले उजुरी गर्ने तयारी गरिरहेसंगै उक्त मार्ट कारवाहीमा पर्ने संकेत देखिएको छ । थप समाचार तीव्रखबरले खोजी जारी राखेको छ ।

Facebook Comments

LEAVE A REPLY