मयुर यातायातले थप सय वटा बस ल्याउँदै

69

काठमाडौं । मयुर यातायात प्रा.लिले सेवा विस्तार गर्नको लागि थप यस वटा बस ल्याउने तयारी गरेको छ । ४५ वटा सवारीबाट सेवा सुचारु गरेको मयुर यातायातले आफ्नो सेवामा व्यापक रुपमा विस्तार गर्ने योजना अनुरुप थप सवारी भित्र्याउन लागेको मयुर यातायात प्रा.लिका अध्यक्ष मोहनबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

हाल संचालनमा रहेका मध्ये २२ मयुर यातायातका बसहरु थानकोट, कलंकी, रत्नपार्क हुँदै कोटेश्वर, धुलिखेल, पनौतीसम्म र २३ वटा बस भने चक्रपथ परिक्रमा गरी धुलिखेल पनौती रुटमा संचालन भइरहेको छ । अब मयुर यातायातले तिहार लगत्तै एक सयवटा बस विभिन्न रुटमा संचालन गर्दैछ । ‘थपिएका केही बस लगनखेल, रत्नपार्क, बुढानिलकण्ठ र केही बसले चक्रपथ परिक्रमा गर्नेछन् ।’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

नयाँ बसमा करिव तीन अर्ब बराबर रकम लगानी हुने अध्यक्ष श्रेष्ठको अनुमान छ । थप रुटको विषयमा भने छलफल भइरहेको उहाँले बताउनु भयो । ‘यि सयवटा नयाँ बस चीनबाट ल्याउन लगेको हौं, नयाँ बस ल्याउन सिप्रदीसँग पनि कुराकानी भइरहेको छ ।’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । मयुर यातायातले अहिले दिइरहेको सेवाबाट आम यात्रुहरु हर्षित भइरहेका छन् । र थप बसहरु संचालनमा आएपछि यात्रुहरुलाई थप सरलरुपमा सेवा पुग्ने विश्वास प्रा.लिले लिएको छ ।

Facebook Comments

LEAVE A REPLY