होटल व्यवसाय क्षेत्रको अवस्था सन्तोषजनक छ : गिरी

125

नवराज गिरी चर्चित एवं प्रतिष्ठित होटल व्यवसायी हुनुहुन्छ । गिरी विश्वनाथ होटलका प्रवन्ध निर्देशक हुनुहन्छ । साथै उहाँले शिव शंकर होटल तथा रामेश्वरम होटल संचालन गरिरहनु भएको छ । २१ वर्षदेखि होटल व्यवसाय क्षेत्रमा संलग्न गिरी भगवान पशुपति नाथको अनन्य भक्त हुनुहुन्छ । उहाँ देव देव अतिदेव महादेवमा सदैव समर्पित रहेको बताउनु हुन्छ । गिरी २९ वर्षदेखि दैनिक पशुपतिनाथको मन्दिरमा दर्शन गर्न गइरहनु भएको छ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानी ः

यतिबेला होटल व्यवसायको अवस्था कस्तो छ ?
— यतिबेला होटल व्यवसायको अवस्था सन्तोषजनक छ । अझ यस क्षेत्रलाई व्यापक रुपमा विस्तार गर्ने सोच राखेको छु ।

तपाईंले तीन चार वटा होटल संचालन गरिरहनु भएको छ, नाफा घाटा कस्तो छ ?
— अहिलेसम्म सन्तोषजनक छ । अझ राम्रो गर्ने सोचमा छु । मेरा सवै होटलमा ग्राहकहरु थपिंदै गएको छ । खासगरी म धर्म कर्ममा संलग्न रहेको हुनाले मेरो होटलमा पनि धार्मिक पर्यटक बढी रहेका छन् । मेरो होटलको नामैले मैले देवी देवताको नामबाट राखेको छु । यसले के पुष्टि गर्छ भने म एउटा धार्मिक अभियन्ता पनि हुँ । धार्मिक क्षेत्रमा पनि केही सहयोग गर्नुपर्छ भन्ने मेरो विचार रहेको छ । म देवी देवतालाई छाडेर केही दिन पनि विदेशीन चाहन्छ ।

होटल व्यवसाय गरेर तपाईंले कस्तो अनुभव गर्नुभएको छ ?
— राम्रो लागेको छ, सन्तुष्ट छु । मेरा आराध्य देव भगवान पशुपतिनाथले मलाई अझ बढी साथ दिनु हुनेछ भन्ने विश्वास लिएको छु । म सँग जति जोडिएको छ भगवान पशुपति नाथको हो । अब जे जति हुने छ भगवान पशुपति नाथकै कृपाले हुने हो ।

तपाईंको भनाई अनुसार पुरै धर्मवादी हुनुहुँदो रहेछ ?
— मेरो जीवन नै भगवान महादेव कै कृपा हो । म भगवान पशुपति नाथबाट एक दिन टाढा रहेर बस्न चाहन्न । म भगवान पशुपति नाथको दर्शन गर्न दैनिक २९ वर्षदेखि गइरहेको छु । त्यसैले भगवान पशुपति नाथलाई छाडेर म विदेश जाने त कुरै छाडौं चितवन पोखरा पनि जान चाहन्न ।

तपाईं भगवान पशुपति नाथको अनन्य सेवक हुनुहुँदो रहेछ, खास कारण के हो ?
— म मन देखि, भावनादेखि भगवान पशुपति नाथको भक्त हुँ । म आफूलाई भगवान पशुपति नाथको अनन्य भक्त मध्य एक ठान्दछु ।

होटल र धार्मिक क्षेत्रमा लाग्नु भयो, धार्मिक रुपमा लाग्दा होटल व्यवसायमा समय दिन भ्याउनु भएको छ ?
— मेरो खास समय महादेवलाई दिइरहेको छु । बाँकी रहेको केही समयभने मेरा होटललाई दिने गर्दछु ।

तपाईं तीन चार वटा होटल चलाई रहनु भएको छ, कि एउटा मोबाइल सम्म पनि बोक्नु हुन्न ?
— म पहिल्यै देखि मोबाइल बोक्ने थिइन । अहिले पनि मोबाइल बोक्न मन लाग्दैन । जीवनभर मोबाइल नबोक्ने सोचमा छु । मोबाइल नबोक्दा आनन्द छ । भगवान पशुपति नाथको मन्दीर भित्र मोबाइल निषेध भएकाले मैले पनि मोबाइल नबोक्नुको खास कारण हो ।

जीवनमा के बन्ने सोच राख्नु भएको छ ?
जीवनमा सच्चा जोगी बन्ने आत्मादेखि सोच छ । महादेवको भक्ति गर्दा गर्दै मलाई पनि जोगी बन्ने विचार आएको हो ।

तपाईं २९ वर्षदेखि पर्यटन क्षेत्रमा लाग्नु भएको छ तर पर्यटन क्षेत्रमा लाग्दा अप्ठेराहरु छन् होइन ?
— अप्ठेराहरु छन् । तैपनि म यस क्षेत्रमा असफल भएको चैं होइन । सफल नै छु । मलाई असफल पार्न कोहीले बाहिरबाट, कोहीले भित्रबाट लागे । तर मैले कहिल्यै हार मानिन । यसै क्षेत्रमा अनवरत रुपमा लागि रहें । मैले आफैले काम लगाएका लाई मालिक बनाएँ । मेरो दिल खुल्ला छ । यसमा मेरो भन्नु यही हो ।

तपाईं अहिलेसम्म विभिन्न अस्वभाविक अवस्था पार गर्दै आउँनु भएको छ, यसमा के भन्नु हुन्छ ?
— भगवान पशुपतिनाथले मलाई अझसम्म यो क्षेत्रमा कृपा प्रदान गरिरहनु भएको छ । पशुपति नाथकै कृपाले म यहाँसम्म सफल भएँ । अझ मेरा व्यापार व्यवसाय विस्तार हुँदै जानेछ । मैले आफूलाई जन्म दिने मातापिता भन्दा भगवान पशुपति नाथलाई माथि राखेर अघि बढीरहेको छु । मेरो भन्नु अहिले जे जति छ भगवान पशुपति नाथकै कृपाले हो ।

Facebook Comments

LEAVE A REPLY