ठमेलको यौन बजारमा, महिलादेखि तेस्रोलिंगीसम्मको भिड

- February 6, 2015 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । राजधानीको ब्यस्त शहर ठमेलमा मध्यरातमा हुने खुलेआम यौन व्यापार अहिले झनै मौलाएको छ । साँझमा रत्नपार्क वरीपरि हुने यौन व्यापार रात छिप्पिदै गएपछि ठमेलतिर सर्ने गरेको छ ।

कतिपयलाई यतिवेला ठमेल कस्तो अवस्थामा होला भंिन्ने कौतुहल लागेको हुनसक्छ । पछिल्लो एक रात यस पंक्तिकारपर्यटकीय नगरी ठमेलमा पुग्दा रातको वेला केशरमहलको सम्पति शुद्धिकरण अनुसन्धान विभागको मुलगेटसँगै साँध–सिमाना जोडीएको ठमेल पनि कहाँ बन्द थियो र ? ठमेल ‘ठमेल हुनुको मज्जा’लुटीरहेको थियो ।

हामी ठमेलको रात्री जिवनलाई नजिकबाट नियाल्न त्यहाँ पुगेका थियौं । खबर तिनको संकलन गर्नुथियो –जो रातभर ठमेलमा यायावर जस्तो हल्लिरहन्छन् र हजारहजारका नोटसँग आफ्नो मस्त जवानी साटीरहन्छन् ।
घडिको सुई जति घुम्दै जान्थ्यो ठमेल त्यतिनै रफ्तारमा आफ्नो ब्यस्तता बढेको नक्कल गथ्र्यो । सम्पतीसुद्धिकरण अनुसन्धान विभागसँगै जोडीएको थियो ‘गार्डेन अफ ड्रिम’ क्याफे । रात छिप्पींदै थियो,ठिक त्यहिवेला गार्डेन अफ ड्रिमबाट केही पर्यटक निस्कीए । निस्कनासाथ उनिहरु निकै आकर्षक जस्ता लाग्ने दर्जन बढी सुन्दरीहरुवाट घेरीए । ति सुन्दरीहरुले निकै लालसपुर्ण मुद्रामा तिनलाई हेरीरहेका थिए, केहीले अंग्रेजीमा सेक्स प्रस्ताव तेस्र्याईरहे । तर पर्यटक दोहोरो कुरा नगरी आफ्नो बाटो लागे ।

रात जति छिप्पीँदै जान्थ्यो,त्यस्ता युवतीहरुको चाँङ बढ्दै थियो । उनिहरु त्यहाँ हिंड्ने बटुवालाई हाकाहाकी सोध्थे ‘जाने हो रु’ थाहापाएकाहरु जिस्कीन्थे, थाहा नहुनेहरु लजाउँथे ।

मध्यरात ठमेल थुप्रीएका दर्जनौं तेस्रो लिंगी मध्येकै एक हामीसँग कुरा गर्न राजी भईन् । तपाईको नाम केहो ? हाम्रो प्रश्न खस्न नपाउँदै उनले भनिन् ‘रितु ’ । दोस्रो प्रश्नपछि बल्ल उनले थर भनिन् ‘केसी ।’ उनले न घर सिधा बताईन न बस्ने ठेगाना, हाम्रा प्रश्नहरुको हावादारी उत्तर दिएर उनि अर्कैदिशातिर लम्किइन । त्यहाँ उपस्थित तेस्रो लिंगीहरुमा कुनै लज्जाको भावना वा गाम्भियर्ता थिएन । उनिहरु हल्काफुल्का जवाफ दिन्थे र पैसा धुत्ने खेलोमा लागीहाल्थे ।

संचयकोष भवन अगाडी एक तेस्रो लिंगी आफ्नो कस्मेटीक यौवन पैसामा साट्न लालस थिईन । सिन्धुपाल्चोकतिरका एक युवकले नजिक गएर सोधे ‘कति हो ?’ उत्तर आयो ‘तिन हजार’ । सिता नामकी तेस्रो लिंगीले उत्तर दिईन । मुल्य सुनेपछि ति युवक अर्कोतिर लागे, उनले पछाडीबाट कराएर भनिन् ‘तैंले नलगे के हुन्छ ? मजस्ती जवान केटीलाई ठमेलमा केटाको खाँचो छैन ।’ उनि युवती भनेर आफैंलाई ढाँटीरहेकी थिईन । ग्राहक बाटो लागेपछि अर्को ग्राहकको खोजिमा रहेकी सितालाई हामीले केहि बेरको कुराकानी पछि सोध्यौं ‘यस्तो बेला चिनेको मान्छे आएभने लाज हुँदैन ?’ ‘ईज्जत ओछ्याएर बाटोमा बसेपछि केको लाज ?’ उनी छोटो उत्तर दिईन र आफ्नो बाटो लागीन ।

यसरी ठमेल चोकमा तेस्रो लिंगीहरुले मध्यरातसम्म बार्गेनिङ गरिरहे । बार्गेनिङको शुरु र अन्तको कुनै सिमा थिएन ।

केटी भन्दै मुर्गा बनाउँदै ( मध्यरात सम्म ठमेलको सडकमा कुनै स्मार्ट तेस्रोलिंगीहरु मध्ये ‘गे’ र ‘लेस्बियन’ भेटिए । तर उनिहरुले आफुलाई ‘केटी हौं’ भन्दै ग्राहकलाई पट्याउने गरेका छन् । उनिहरुले आफ्ना ग्राहकलाई सोह्रखुट्टे, लैनचौर र नक्सालतिरका आफ्ना कोठामा लगेर यौन प्यास मेटाउने गरेका बताए ।

एक युवाले भन्दै थिए ‘यिनीहरुको छुट्टै कोड भाषा छ, र गजबको एकता छ ।’ आजभोली प्रहरीले पहिलेको तुलनामा निकै कडाई गरेकाले तेस्रो लिंगीको व्यापर तितरवितर हुँदै उपत्यकाका विभिन्न स्थानमा बाडिएको छ । ठमेलमा कडाई गरेपछि तेस्रो लिंगीहरु रत्नपार्क, चावहिल र गौशला तिर बाँडिने गरेका छन् । उनिहरुले छुट्ट्याएको एरिया बाहेक अन्यत्र जाँन निषेध गरिएको थियो । अझ यसलाई यसरी भनौं रत्नपार्कमा बस्नेहरुलाई ठमेल जाँने अनुमती थिएन, यो नियम स्वयमं उनिहरुले नै बनाएका थिए ।

तेस्रो लिंगी मात्र नभएर अन्य पेशेवर यौन ब्यवसायीले पनि रातभर ठमेलका सडकहरुमा रमिता देखाउने गरेका छन् । गएको राती दुई यौन ब्यवसायी ग्राहकहरुसंग मोलमोलाई गर्दै थिए, कुरा नमिलेपछि ग्राहकले मुन्टो बटारे । त्यसमध्ये एउटीले भनिन् ‘कविता दिदी एकछिन छेकीदिनुस न, पिशाव गर्नुपर्‍यो ।’ एउटीले छेकेजस्तो गरीन, अर्किले सडक पेटीमै पिशाव गरीन् । वरपर रमिते थिए, तर उनिहरुले दिएजस्तो गरेनन् । उनिहरु पिशाव फेर्नुलाई पनि अर्कै भाषाको प्रयोग गर्दै थिए । ठमेलको सुरक्षाका लागी खटिएका प्रहरी यस्सो आएजस्तो गर्थे तर उनिहरुको क्रियाकलाप नदेखेझैं गरिदीन्थे, जसको परिणाम खुलेआम यौन धन्दा मौलाईरहेको थियो । घरी ट्याक्सिमा चढ्ने, घरी ओर्लीएर बार्गेनिङ गर्ने ,यौनीक शब्दहरु बोल्नु उनिहरुका लागी सामान्य थियो ।

प्रहरीहरु प्राय ठमेल चोकमा बस्थे । त्यसयता संचयकोष भवन अगाडी भने यौनब्यवसायीहरु बार्गेनिङ गरिरहन्थे । प्रहरी लौरा बजाउँदै आउँदा अधिकांश ट्याक्सि भित्र पस्थे भने कोही गल्लितीर भाग्थे । ‘ग्राहक ठग्नमा यि ट्याक्सीवालाले पनि सेटीङ मिलाउँछन् ।’ यौन ब्यवसायीले ट्याक्सी ड्राईभरहरुसंग मिलेर बिच बाटोमा अरु मान्छे चढाउने र गल्लितीर लगेर लुट्ने गरेको बताइन्छ । यो रमिता रातको दुई बजेसम्म चल्ने गरेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!