काठमाडौंमा पूर्वाधार निर्माण सुस्त

- January 28, 2015 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौंमा सडक, खानेपानी, ढल, विद्युत् र टेलिफोनको तारको व्यवस्थापन, निर्माण र मर्मतको काम भइरहेको छ । तर, विभिन्न निकायबीचको समन्वयको अभावले यी काम समयमा हुन सकेका छैनन् । त्यसैले पछिल्लो समय हामीले यी निकायबीच समन्वयमा मुख्य जोड दिइरहेका छौं । आगामी दिनमा कामले तीव्रता पाउने कुरामा हाम्रो विश्वास छ । हामीले प्रत्येक महीना उपत्यकाका विकासे कामको अनुगमन पनि गर्दै आइरहेका छौं । अनुगमनको समयमा हामीले सडक, खानेपानी, ढल निकास र विद्युत् तथा टेलिफोनका तारको व्यवस्थापन, पार्क तथा बगैंचाको उचित विकास र संरक्षणमा तत्काल आवश्यक कदम चाल्न सरोकारवाला निकायलाई निर्देशन दिएका छौं । सडकको मर्मत र विस्तार गर्दा खानेपानी पाइप बिछ्याउनुपर्छ, त्यही समयमा ढल निर्माण र मर्मत गर्नुका साथै विद्युत् तथा टेलिफोनको पोल र तारको व्यवस्थापन गर्नुपर्ने हुन्छ । कतिपय ठाउँमा दूरसञ्चारको तार अहिले पनि हटाइएको छैन, विद्युत्को पोल तथा ट्रान्सफर्मर सारिएको छैन, भत्काउनु पर्ने संरचनाहरू पनि समयमा भत्काउन सकिएको छैन । विकासे कार्यालयहरूबीच समन्वयको अभावमा नै यसो भएको हो । यसले गर्दा स्थानीयहरू धूलो, धूवाँ, हिलो र खाल्डाखुल्डी भएको सडकमा हिँड्न बाध्य छन् । हामीे स्थानीय स्तरमा नै जनताको गुनासो सुन्छौँ र सम्बन्धित पदाधिकारीलाई यो समस्या कति समयमा सामाधान हुन्छ भनेर स्थानीयको अगाडि भन्न लगाउने गरेका छौं । यसले गर्दा आगामी दिनमा पूर्वाधार निर्माणका काममा तीव्रता आउँछ भन्ने हाम्रो विश्वास छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!