क्यान मेलामा चोरी निकासीका सामानको बिक्री : सरकारी निकाय मौन, करोडौ रुपैयाँ कर छली

- January 27, 2018 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । बिहिबारदेखि राजधानीको भृकुटीमण्डपमा जारी भएको सूचना प्रबिधि मेलामा भन्सार छलीका सामानहरुकोे बिक्री हुदाँ आएको भेटिएको छ । सो मेलामा रहेका अधिकांश कम्प्युटर, मोबाईल, ल्यापटपलगायत अधिकाशं सामानहरुको कुनै पनि कबर नभएका भएका पनि च्यातिएको मात्र भेटिएको छ । सो मेलामा खरिदकर्ताले सामानको वाकस माग्दा नदिने र नक्कली मुल्य अभिकृद्धि कर (भ्याट) विल राखेर छली गरेको भेटिएको छ ।
२४ औं संस्करणको रुपमा ‘सुबिसु क्यान इन्फोटेक’ काृ नाममा सुरु भएको सो मेलाको पत्रकार सम्मेलनमा नै अध्यक्षले रकमको बारेमा कुनै चासो नदिनु बरु बेलुका कक्टेल पाटी छ आउनु होला भन्दै अनुरोध गरेसंगै सो संस्थाको असली रुप बाहिर आएको छ । ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएसन विथ मोटोरोला’ को नाम दिएर सुरु भएको मेलाबाट करोडौ रुपैयाँ कर छली समेत हुदै आएको छ ।
कम्प्युटर एशोसिएसन नेपाल महासंघले सो मेलाको संयोजन गर्दै आएको छ । इन्फोटेक अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क एक सय र विद्यार्थीहरुलाई ५० रुपैयाँ तोकिएको छ । सो मेलामा राखिएको शुल्क कति रुपैयाँ संकलन हुन्छ त्यसको समेत जानकारी गोप्य राख्ने गरेको छ । देशभर पछिल्लो समयमा मेला महोत्सवको नाममा विभिन्न गति विधिसंगै कर छलीमा समेत बृद्धि हुदै गएको छ । मेलामा बिक्री गरेका कुनै पनि सामानहरुको भ्याट, चोरी निकासी गरिएको र न्यून विजिकरण गरिएका अधिकाशं सामाग्रीहरुको बिक्री गरिदै आएको छ ।
सो कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघका अध्यक्ष हेमन्त चौरसियाले हामीले मेला महोत्सवमा राखिएको टिकट र अन्य स्रोतबाट आएको रकमबाट संस्था चलाउने हो, त्यसतर्फ पत्रकारहरुले ध्यान दिनु भएन, बरु बेलुका ६ बजेसम्म आउनुहोस तपाईहरुकालागि कक्टेल डिनर पार्टी को आयोजना गरेका छौं । उनले सो कुरा पत्रकार सम्मेलनको समापनका समयमा बोलेपछि अध्यक्ष चौरसियाको संस्था चलाउने हैसियत समेत नभएको भन्ने टिप्पणी एक क्यानकै सदस्यले गरेका थिए । अध्यक्ष चौरसियाले पत्रकारलाई रक्सी र मासुभात खुबाएपछि संस्थाकोको आयव्यायबारे पारिदर्शिता नखोज्ने भन्ने भ्रम रहेको उनको प्रस्तुतिबाट प्रष्ट भएको थियो । सम्मेलनमा क्यानले तय गरेको साधारणलाई १ सय र विद्यार्थीलाई ५० रुपैयाँ टिकट दर, प्रयोजक बन्नकालागि कति रकम बुझाउनु पर्ने भन्ने प्रश्न गरेपछि सो बारे उत्तर दिनेक्रममा अध्यक्ष चौरसियाले हरहिसावको मतलव नगर्नुहोस बेलुका आउनुहोस कक्टेल डिनर खाँउला भनेका थिए ।
कर कार्यालयको भ्याटको विद्यमान ऐन अनुसार कुनै पनि मेला आयोजना गर्दा आयोजकले भ्याटको दफा १० (क) अनुसार अस्थायी भ्याट दर्ता र मेला आयोजना गर्नकालागि पूर्वस्वीकृति लिनु पर्छ र मेला सकिएको सातदिनभित्र सवै कारोबारको कर विवरण कर कार्यालयमा पेश गरी करचुक्ता गर्नु पर्ने उल्लेख छ । तर सो अनुसार आयोजकले कुनै प्रमाणपत्र लिएको छैन ।

सरकारकै सम्बन्धित निकायको सहकार्यमा हुने सो मेलाबाट गत वर्षमा मात्र न्यूनतम ७५ करोड रुपैयाँभन्दा बढी कर छली गरिएको थियो । मेलामा बिक्री भएका कुनै पनि सामाग्रीहरुको भ्याट विल दिने गरेको छैन भने दिएको भ्याट विल समेत नक्कली प्रयोग गरिदै आएको छ । यस सम्बन्धमा आयोजकले कुनै जवाफ दिएन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!