चार सय सुडानीलाई स्वास्थ्यसेवा

- January 25, 2018 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ, दक्षिणी सुडानमा शान्ति स्थापनामा क्रियाशील नेपाली सेनाको चिकित्सक टोलीले चार सयभन्दा बढी सुडानीलाई स्वास्थ्य सेवा प्रवाह गरेको छ

संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको सैनिक– गैरसनिक सहयोगअन्तर्गत नेपाली सेनाको उक्त टोलीले हालै दक्षिण सुडानका क्वुबेट र बुनागोक क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेर विभिन्न रोगबाट पीडित सुडानीको उपचार गरेको ललितपुरस्थित राष्ट्रसंघीय सूचना केन्द्रले आज जनाएको छ ।

शिविरमा २९० जनाको साधारण शल्यक्रिया गरिनाका साथै शिविरका निम्ति जुटाइएका बाँकी औषधि स्थानीय स्वास्थ्य संस्थालाई प्रदान गरिएको थियो । शिविर सञ्चालन भएका दुवै स्थानका स्थानीय बालबालिकालाई कापी, कलम, सिसाकलम र खेल्ने भकुण्डा पनि वितरण गरिएको उक्त केन्द्रले बताएको छ । हाल दक्षिण सुडानमा नेपाली सेना र नेपाल प्रहरीका गरी दुई हजार जना शान्तिस्थापक कार्यरत छन् । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!