सितालाई कस्ले खेलाउने सेक्सी फिल्म ?

- December 30, 2013 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पछिल्लो समय नेपाली फिल्ममा कला हैन कथाले मागे अनुसार दिने कलाकारको विगविगी छ । कथाले माग्यो भन्दैमा अर्धनग्न हुन पछि नपर्ने युवतीले फिल्म क्षेत्रलाई बदनाम गरेको आरोप एकथरीको छ ।

सेक्सी फिल्म ‘चपली हाइट’ चलेपछि दर्जन बढी उस्तै थिममा फिल्म निर्माण भए । न सेक्सी फिल्म हिट भए न कथाले मागे अनुसारको दृश्य दिएका कलाकार नै चले । यद्पी सेक्सी फिल्म खेलेर चर्चा कमाउनेहरुको आगमनमा भने कमी आएको छैन । म्युजिक भिडियो मोडल सिता लामाले पनि सेक्सी फिल्म खेलेर चर्चा कमाउने ईच्छा व्यक्त गरेकी छिन् ।

एक अनलाइनमा वन पिस र हट पेन्टमा हट फोटोसुट गराउँदै उनले आफुलाई ‘चपली हाइट’ जस्तो फिल्ममा अभिनय गर्न कुनै आपत्ती नहुने बताएकी हुन् । नाम नसुनिएका केही नेपाली तथा तामाङ भाषाको फिल्ममा समेत अभिनय गरेको बताउने सिताले भनेकी छिन्- ‘यो २१ औं शताब्दीमा यौन विषयका फिल्म बन्नु कुनै नौलो होइन । यस्तो फिल्ममा भूमिका पाए म पनि अभिनय गर्छु ।’

काठमाडौंको स्वयम्भुमा कस्मेटीक व्यवसाय सञ्चालन गर्दै आएकी सिता लामाको यस खालको अभिव्यत्तीले नेपाली फिल्मका कलाकारप्रतिको हेराई र सोचाई कस्तो होला ? यो क्षेत्रमा सपना बुनेर दिनरात संघर्ष गर्ने कलाकारले यसरी नाङ्गिन आउने कलाकारको भिडमा आफूलाई कसरी उभ्याउलान् ? के यि कलाकारले नेपाली फिल्मप्रतिको धारणामा नकारात्मक सन्देश प्रवाह गर्दैनन् ?


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!