पुरै बेरोजगार भएपछि छोड्नु र समाउनुको अर्थ नै के रहन्छ र ?

- December 13, 2014 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाण्डौं । नेपाली रजतपटमा कलाकारहरुले काम पाउन छोडे पछि विभिन्न स्क्यान्डल मच्चाएर विवाद र चर्चामा आइरहने गरेका छन् । कोही आफैं चलचित्र निर्माणमा लागेर भए पनि यो क्षेत्रमा टिकि रहने दाउमा हुन्छन् भने कोही सेक्स काण्ड देखि आफ्नो व्यक्तिगत जिवनको गोपनियता बाहिर ल्याएर भए पनि चर्चामा रहिरहन्छन् । अझ सबै भन्दा अचम्मको कुरा त केहो भने आफ्नो रहर पुगे पछि वा कसैले पत्याउन छोडे पछि पनि कलाकारहरु चर्चामा आईरहने उपायको खोजीमा हुन्छन् । उनीहरुले चलचित्र क्षेत्र छोड्ने रे । पुरै बेरोजगार भएपछि छोड्नु र समाउनुको अर्थ नै के रहन्छ र ? यस्तै उमेरले डाँडा काट्दै गए पछि चलचित्र क्षेत्रमा बेरोजगारको स्थितिमा पुगेकी सुमिना घिमिरेले पनि एक पटक मिडियामा छाउने प्रयास गरेकी छिन् ।  फाट्टफुट्ट रुपमा चलचित्र खेल्दै गर्दा पनि कामले भन्दा अन्य कुराले चर्चामा आईरहने सुमिनाले अब आफू चलचित्र क्षेत्रमा नआउने बताएकी छिन् । गत हप्ता प्रदर्शनमा आएको चलचित्र ‘रंग बैजनी’ मा पनि नायिका गरिमा पन्तसंगको विवादका कारण संचार माध्यममा आएकी घिमिरेले आफू अभिनित चलचित्र ‘माला’को डबिङ सकेर यो क्षेत्रमा नर्फकने बताएकी हुन् ।
घिमिरेले उक्त चलचित्रको डबिङ पछि प्रचारमा आफूलाई नखोज्न आग्रह गरेकी छिन् । उनले अभिनयका हिसाबले चलचित्र ‘माला’ अन्तिम फिल्म हुने समेत जानकारी गराएकी छिन् । आफूले बोक्दै आएको नम्बर समेत परिवर्तन गरेकी घिमिरेले आफूले अब घरजम गरेर बस्ने बताएकी छिन् तर कुनै दिन आई एम कम्ब्याक बिकज माई फ्यामिली रिलेशन ब्रेक भन्दै पुनः चलचित्र खेल्न ईच्छुक रहेको बताईन् भने चाहिँ कुनै अनौठो हुने छैन । किन भने चलचित्रकर्मीहरुको यो पुरानै परम्परा हो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!