यी यस्ती नायिका हुन् जसले धनीका छोरालाई आफ्नो जवानी बिक्री गर्छिन्

- December 11, 2014 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाण्डौं । बिगत केही वर्ष देखी नेपाली चलचित्र क्षेत्र ओरालो लागेको छ । यसको मुख्य कारण चलचित्र नितीप्रति सरकारको उदासीनतालाई प्रमुख दोश दिन्छन् चलचित्रकर्मीहरु । तर चलचित्र क्षेत्रले उद्योगको रुप लिन नसक्नुमा उनीहरु नै दोशी रशेको आरोप पनि लाग्ने गरेको छ ।
पहिले पहिले दर्शकको मनोरञ्जनका लागी चलचित्र निर्माण गरिन्थ्यो र चल्थे पनि कमाई राम्रै हुन्थ्यो तर पछिल्लो समयमा मुस्किलले १ हप्ता चल्न पनि गारो भएको छ । योसँगै पुराना चलचित्रकर्मीहरु पलायन हुदै गईरहेका छन् भने दिनानुदिन भित्रिएका नयाँ चलचित्रकर्मीहरुका कारण यो क्षेत्र झन् ध्वस्त हुदै गएको छ । विशेष गरी दर्शकको मनारञ्जन भन्दा पनि निर्माता तथा निर्देशकको मनोरञ्जनको लागी चलचित्र निर्माण गरिनाको कारणले निर्माताको लगानी डुब्ने मात्र होईन चलचित्र क्षेत्रलाई नै समाजले बदनामीको नजरले हेर्ने गरेको चर्चा सुन्ने गरिन्छ ।
नेपाली चलचित्र क्षेत्रमा पैसा र वैंशको खेल चल्ने गरेको कारण पनि आरालो लाग्ने गरेको छ । कोही नवयुवाले पैसा खर्च गर्दा उसलाई सुहाउने नसुहाउने जे भए पनि नायक बनाई दिने अनि युवतीले आफ्नो वैंश ओछ्याउन तयार भएमा नायिका बनाईदिने कारणले गर्दा चलचित्रको स्तरीयतामा सुधार हुनुको सट्टा झन ओरालो लाग्दै गएको हो । अझ भन्नु पर्दा केही यउस्ता उदाहरण पनि छन् निर्माता निर्देशक मिलेर एक रात होटलमा बस्ने अनि केही टंकिस र सेक्सका दृष्य समाबेस गरेर चलचित्रको कथा तयार गर्र्ने । पैसा र वैंशको खोजीमा चोक चोकमा कथा सुनाउँदै हिड्ने र पैसा दिन तयार हुने युवकलाई नायक बनाई दिने वैंश दिन तयार हुने युवतीलाई नायिका बनाई दिने प्रवृत्ति हावी हुनु नै नेपाली चलचित्र बजार ध्वस्त हुनु हो । यो प्रवृत्तिको कारण धेरै युवतीहरु समेत बदनाम हुदै गएका छन् । यस्तै एउटा बदनाम युवती बनेर आउँदै छिन् नवनायिका महिमा सिलवाल ।
नवनायिका महिमाले वैंश ओछ्याएर यो क्षेत्रमा आईन् या के गरेर आईन् त्यो उनले नै जान्ने कुरा हो तर उनले एउटा चलचित्रमा आफ्नो जवानी प्रयोग गरेर धनीका छोरा फसाउने भूमिका निर्वाह गरेकी छिन् । उनले पुराना निर्देशक दयाराम दाहालको चलचित्र मिसन फोर ट्वान्टीमा त्यस्तो भूमिका पाएकी हुन् ।
भल्गारिटी आफुलाई मन नपर्ने बताउने महिमा छोटो लुगा लगाएर क्यामेरा अगाडी उभिने मामलामा भने निकै अगाडी छिन् ।
‘हिरोइन भएपछि अलिकति सेक्सी त हुनैपर्छ तर, भल्गर हुन हुन्न’ महिमाले भन्छिन्,‘त्यो फिल्ममा मेरो सुन्दरता प्रस्तुत भएको छ भल्गारीटि छैन ।’ फिल्ममा धनीमानीका छोरा पट्याउने एउटी चालु युवती भुमिका निर्वाह गरेकी महिमा त्यस्तो भुमिकामा पनि आफु सम्वेदनशील भएको बताउँछिन् । ‘मिसन फोर ट्वान्टीमा चाहेको भए म पनि भल्गर रुपमा प्रस्तुत हुन सक्थेँं, तर, त्यस्तो गरिन’ उनको गफ थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!