अत्याधिक मदिरा सेवनको कारण निर्माता खतिवडाको मृत्यु

- December 11, 2014 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाण्डौं । चलचित्र लफडा र भेटी निर्माण गरेर प्रदर्शनमा ल्याई सकेका निर्माता नारायण खतिवडा मृत भेटिएका छन् । काठमाण्डौंको बागबजार स्थित होटल हार्दिकमा हिजो उनलाई मृत भेटिएको हो ।
चितवन घर भएका खतिवडा अघिल्लो दिन मंगलबार दिउँसो होटलमा आएर कोठा नं. १०३ बुक गरेर बसेका थिए । हिजो बिहान देखी होटलको ढोका नखुले पछि शंका लागेर हेर्दा खतिवडा मृत अवस्थामा देखेको होटलले जनाएको छ । उनको मृत शरिर निर्वस्त्र अवस्थामा रहेको समेत बताईएको छ ।
खतिवडाको निधनको मुख्य कारण खुल्न नसके पनि अत्याधिक मदिरा सेवनको कारण हुन सक्ने प्रहरीले अनुमान लगाएको छ । उनको शवलाई हाल शिक्षण अस्पतालमा राखिएको छ भने आज पोष्ट मार्टम गरिने प्रहरीले जनाएको छ ।
निर्माता खतिवडाले पछिल्लो पटक निर्माण गरेको चलचित्र मेरो मान्छेको् हाल पेष्टप्रेडक्सनको काम भई रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!