पर्यटन प्रवद्र्धनका निम्ति ‘नेपाल रात्रि’

- December 20, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ, नेपाल र श्रीलंकाबीचको पारस्परिक सम्बन्धलाई अझ सुमधुर तुल्याउँदै द्विपक्षीय पर्यटन प्रवद्र्धनका निम्ति हालै श्रीलंकाको राजधानी कोलम्बोमा ‘नेपाल रात्रि’ कार्यक्रम आयोजना गरियो ।

कोलम्बोस्थित नेपाली राजदूतावास, नेपाल वायु सेवा निगम, नेपाल पर्यटन बोर्ड र नेपाल ट्राभल एण्ड टुर एजेण्ट्स (नाट्टा)ले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै श्रीलंकाका लागि नेपाली राजदूत प्रा विश्वम्भर प्याकु¥यालले पर्यटन उद्योग दुवै मुुलुकको अर्थतन्त्रको मेरुदण्ड हो भन्नुभयो ।

अर्थतन्त्रलाई उकास्ने मुख्य उद्योग मानिएको पर्यटन क्षेत्रको प्रवद्र्धनमा दुवै मुलुकबीच सहकार्य हुनुपर्नेमा जोड दिँदै उहाँले दुवै देशका स्थापित पर्यटन व्यवसायी संस्थाबाट आपसी लाभ हुने यथार्थ औँल्याउनुभयो ।

कार्यक्रममा श्रीलंकाका पर्यटन उद्यमी–व्यवसायी, सञ्चारकर्मी, कोलम्बोस्थित कूटनीतिक समुदायका प्रतिनिधि, श्रीलंका उद्योग वाणिज्य संघ, श्रीलंका–नेपाल व्यवसायी परिषद्, सार्क महिला उद्यमी परिषद्लगायत उपस्थिति रहेको कोलम्बोस्थित नेपाली राजदूतावासले जनाएको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!