जर्मनीबाट अतिरिक्त अनुदान प्राप्त हुँदै

- December 19, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ,संघीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई अतिरिक्त विकास अनुदानस्वरुप करिब रु एक अर्ब ८१ करोड ५० हजार प्रदान गर्ने घोषणा गरेको छ ।

दुईसय २० किलोभोल्ट दमौली–लेखनाथ जलविद्युत् प्रसारण लाइनअन्तर्गत ४३ किलोमिटर प्रसारण लाइन निर्माणका लागि जर्मनीले उक्त रकम अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको यहाँस्थित जर्मन राजदूतावासले जनाएको छ ।

जर्मन डेभलपमेन्ट बैंकमार्फत उक्त सहायता रकम नेपाललाई उपलब्ध हुने सो दूतावासले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गतवर्ष जर्मनीले नेपालमा ऊर्जा क्षमता प्रवद्र्धन तथा नवीकरणीय ऊर्जाका निम्ति रु एक अर्ब ९३ करोड ६० लाख प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । लेखनाथ–दमौली दुईसय २० किलोभोल्ट विद्युत् प्रसारण लाइन निर्माण गर्न जर्मनीबाट कूल रु तीन अर्ब ७५ करोड १० लाख प्राप्त हुनेछ ।

सेती–मादी नदीबाट उत्पादित बिजुली उक्त प्रसारण लाइनमार्फत स्थानीयवासीका घरमा आपूर्ति हुनेछ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!