घर भाडामा दिएपछि सुत्ने कोठामा के हुन्छ भनेर हेर्न मिल्दैन

- November 30, 2014 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मुम्बइ । बलिउडकी चर्चित नायिका प्रियंका चोपडाले घरधनीले घर भाडामा लगाएपछि कोठामा के हुन्छ भनेर चिहाउन नहुने बताएकी छिन् । उनले आफ्नो घरमा भएको यौन धन्दावारे आफुलाई कुनै जानकारी नभएको बताएकी छिन् । घर भाडामा लगाएपछि आफु उक्त घरमा नगएको पनि उनले जानकारी दिइन् ।
एक कार्यक्रममा सहभागी हुन दिल्ली आइपुगेकी प्रियंकाले घर भाडामा लगाउने ब्यक्तिलाई भाडामा बस्नेको चोटाकोठा चाहर्ने अधिकार नभएको बताइन् । ‘घर भाडामा दिएपछि उसको शयनकक्षमा के हुन्छ भनेर घरधनीले हेर्न मिल्दैन ।’ उनले भनिन् ।
प्रहरीले जनाएअनुसार प्रियंकाको अँधेरीस्थित फ्ल्याट भाडामा लिएर केही महिलाले यौनधन्दा सञ्चालन गरेका थिए । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रियंकाले प्रहरीको अनुसन्धान सकिएपछि सबै कुरा स्पष्ट हुने बताइन ।
यौन धन्दा कानुन विपरित कार्य भएको भन्दै प्रियंकाले प्रहरीलाई आफुले सघाउन तयार रहेको जानकारी दिइन् । उनले भनिन्( ‘भारतीय समाजमा यौनधन्दा गैरकानुनी काम हो, यस्तो काम गर्नेबिरुद्ध म प्रहरीलाई सघाउन तयार छु ।’


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!