आफ्नै छाती घाँडो बन्दैछ सुस्मालाई

- November 29, 2014 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाण्डौ । नायिका सुस्मा कार्की अभिनय क्षेत्रमा पििरचित नाम  हो तर पनि उनी अभिनय गरेर भन्दा बढी अन्य क्रियाकलापबाट चर्चामा आईरहेकी हुन्छिन् । कहिले उनी आफ्नो प्रमिको कारणले चर्चामा आउँछिन् त कहिले विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आउँछिन् । हुनत उनको छातीमा खापिएको सुर्य अंकित टाटुले पनि उनलाई कम चर्चामा ल्याएको होईन । तर यतिबेला भने उनको छातीको सुर्य अंकित टाटु नै घााडो हुन थालेको छ ।
केहि समय अघि आफ्नो प्रेममा असफल भएकी उनि अब यो कारण बाट चर्चामा आउने नयाँ उपायको खाजी गरिरहेकी छिन् । अन्य उपायबाट चर्चामा आउन नसकेकपछि उनले चर्चा कमाउन आफ्नो छातीको सहारा लिएकी छिन् अनि माध्यम बनेको छ टाटु । छातीको देब्रे पट्टि सुर्यको चित्रको टाटुले उनलाई चर्चामा पुराएपनि असफल पनि बनाएको छ । त्यहि छातीको टाटुको कारणले राम्रा चलचित्र बाट अफर आउदा पनि उनले मेट्न नसक्ने बताएपनि काम गर्न पाएकी छैनन् । उनको पुर्व प्रेमीको नाम बाट खोपेको टाटु पनि उनकै साथमा छ जबकि उनको प्रेमी संग उनको बिछोड भैसक्क्यो । छोडेर जानेको नाम बोकेर बस्नुपर्दा निकै असजिलो भएको अनुभूति गर्दै आएकी उनि यो टाटु मेटाउन चाहन्छिन तर छालामा असर पर्ने हो कि भन्ने कुराले सताएको छ  ।
प्रेमीले आफूलाई माया गर्नुको सट्टा मानसिक तनाव दिएपछि प्रेम सम्बन्ध तोडेको उनले केही समयअघि बताएकी थिइन् । छातीको टाटु मेट्नुपर्ने प्रस्ताव आएपछि उनले सो टाटु मेट्न नसकेर फिल्म पनि छाड्नुपरेको पिडा पनि कम छैन उनीसँग । आफ्नो चिनारी नै छातीको टाटु बनेको पनि उनले बताइन् । तथापी, उनी छालामा असर नपर्ने हो भने सो टाटु पनि मेट्ने पक्षमा छिन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!