प्रिन्सालाई ‘इको ब्युटी भिडियो’ अवार्ड

- November 28, 2014 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाण्डौ । फिलिपिन्समा हुन लागेको मिस अर्थ २०१४ को अन्तर्गत भोलीको प्रतियोगितामा सहभागि हुनुअघि नै नेपाली सुन्दरी प्रिन्सा श्रेष्ठले महत्वपूर्ण उपलब्धि हासिल गरेकी छन् । प्रिन्साले प्रतियोगिता अन्तर्गत ‘इको ब्युटी भिडियो’ टाइटल अवार्ड जितेकी छिन् । यो विधा अन्तर्गत उनलाई कन्टिनेन्टल विनर छनोट गरिएको थियो । जसका लागि प्रिन्साले एभरेष्ट पोटाटो प्यानकेक शीर्षकको प्रोजेक्ट प्रस्तुत गरेकी थिइन् । त्यसमा उनले हिमालय क्षेत्रका बासिन्दाको आर्थिकस्तर उकास्न इको टुरिजमले खेल्न सक्ने भूमिका चित्रण गरेकी थिइन् । यसैबीच मिस याहो ब्युटीअन्तर्गत अनलाइन भोटिङमा समेत प्रतिस्पर्धा गरिरहेकी प्रिन्साले उक्त विधामा सफल भए उत्कृष्ट १६ मा पर्नेछिन् । त्यसका लागि प्रिन्सालाई भोलि राति ८ बजेसम्म् भोटिङ गर्न सक्ने हिडेन ट्रेजरले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!