निर्माताले नवनायिकालाई भने अभिनय गर्ने हो भने मसँग सुत्नु पर्छ

- November 23, 2014 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

तरंग चलचिबाट रजतपटमा पाईला अगाडी बढाएकी नवनायिका रचना लामाले चलचित्रमा खेलाउनको लागी निर्माताहरुले आफुसँग सुत्नु पर्ने प्रस्ताव गरेर हैरान पारेको खुलासा गरेकी छिन् । १२ कक्षामा अध्ययनरत रचनाले भविष्यमा स्टार बन्ने सपना सजाएकी छिन् तर निर्माताहरुको यस्तो प्रस्तावले धेरै सशंकित बनाएको छ ।
उनका अनुसार एक निर्माताले चलचित्रमा नायिकाका लागि अफर गरेका थिए तरउनले अभिनयको अफरसँगै आफूसँग एक रात बस्न भनेपछि चलचित्र छाडेको बताईन् । उनले ती निर्माताको नाम भने बताउन चाहिनन् ।
चलचित्र खेल्नका लागि ‘सेक्स’को अफर आए पनि अझैसम्म आफुले हरेस नखाएको बताउने रचना आफूलाई सुहाउँदो भूमिका गर्न जहिले पनि तयार रहेको बताउँछिन् । पहिलो चलचित्र खेल्दा आफूले धेरै कुरा नवुझेको उनले बताइन् । तर, काम गरेपछि आफूले धेरै कुरा वुझेको उनको भनाई छ । रचनामा आफूलाई दर्शकले चाडै नै स्टारको रुपमा पाउने आत्मविश्वास छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!