मोड्लको अस्मिता लुट्ने ठकुरी पक्राउ

- November 18, 2014 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नवप्रवेशी मोड्लहरुलाई विभिन्न मोडलिंग शोहरुमा समावेश गरिदिन्छु भन्ने र विभिन्न युवतीहरुलाई मिस फलानो बनाइदिन्छु, भन्दै अवैध यौन सम्बन्धको प्रस्ताव राख्ने गरेको आरोप लागि सकेका नेक्स्ट मोडल्स नेपालका कथित सञ्चालक सुवास सिंह ठकुरी (पंकज) साइबर क्राइम र ठगीको आरोपमा पक्राउ परेका छन् ।

उनलाई मोडलिंग क्षेत्रमा यौन अपारधीको रुपमा लिने गरिएको र एक मोड्ल युवतीसंग पनि यौन प्रस्ताव राखेको नाम उल्लेख नगर्ने शर्तम एक युवतीले खुलासा गरेकी छिन् । ठकुरी युवतीहरुको अस्मिता लुट्न मात्र तल्लिन होइन ठगी र अपराधमा समेत सक्रिय रहेको फेला परेको छ । उनले गत साउन २३ गते आफ्नो नाममा रहेको ८ हजार थान सेयर मकवानपुरकी यतना पाण्डेलाई बिक्री गरेर संस्थाबाट बाहिरिएका ठकुरीले पछिल्लो समयमा कम्पनीकै अर्का सेयरधनी रवी धमलाले अनाधिकृत रुपमा कम्पनी सञ्चालन गरेको भनि अनर्गल प्रचार गरेको विषयले सस्थामा विवाद रहेको थियो।

ठकुरीले धमलाले आफ्नो नामको शेयर प्रयोग गरिरहेको, सञ्चालक धमलालाई कर्मचरी भनि प्रचार गरेको, मोडल अफ दि ईयरको घोषणा गर्ने कार्यक्रममा आर्थिक हिनामिना गरेको र मिस नर्स नेपाल कार्यक्रमको नाममा रकम उठाएर दुरुपयोग गरेको आरोप लगाउँदै सञ्चारमाध्यमहरुबाट प्रचार गरेका थिए।

सोही विषयले आफ्नो चरित्र हत्या भएको भन्दै धमलाको महानगरीय प्रहरी प्रभाग हनुमान ढोकामा परेको उजुरीको आधारमा सोमबार दिउसो पुतलीसडकस्थित द र्याम्पको कार्यालयबाट प्रहरीले ठकुरी र अर्का पूर्व सञ्चालक ओम प्रकाश पाण्डेलाई पक्राउ गरेको हो। उनीहरुमाथि साईबर क्राईम र ठगीको आरोपमा म्याद थप गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

रवी धमलाले ठकुरीले यसअघि मोडल अफ दि ईयर कन्टेस्टमा सहभागि रणधिर साहसँग राति एक बजे रकम मागेको रेकर्ड अझै पनि सुरक्षित रहेको भन्दै उनले संस्था र सस्थामा आबद्ध ब्यक्तिहरुको चरित्र हत्या गर्ने काम निरन्तर गर्दै आएकोले बाध्य भए कानूनको शरणमा जानु परेको बताए।

यसैवीच धमलाले सोमबार एक विज्ञप्ति प्रकाशित गरेर आफूले मिस नर्स नेपालका प्रतियोगिहरुबाट रकम उठाएर अनियमितता गरेको भनि लगाएको आरोप निराधार भएको दावी गर्दै अहिलेसम्म प्रतियोगिताको अडिसन समेत नभएको अवस्थामा रकम उठाएर दुरुपयोग गरेको भन्ने प्रश्नै नउठ्ने स्पष्ट पारेका छन।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!