चन्दले गरे आफ्नो समूहको भूमिगत राष्ट्रिय भेला

- November 12, 2014 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कपिलवस्तु । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले पार्टी अध्यक्ष मोहन वैद्यको कार्यशैलीप्रति बिमति जनाउँदै कपिलवस्तुको शिवगढी जंगलमा दुई दिने भूमिगत राष्ट्रिय भेला आयोजना गरेका छन् ।
स्रोतका अनुसार भेलामा चन्दले तयार पारेको दस्तावेजमाथि छलफल गरिने छ र ुएकीकृत कार्यदिशा को नीति अवलम्बन गरिने छ । दुई दिनअघि काठमाडौंमा राखिएको पार्टीको पोलिटब्युरो बैठक अनावश्यक रहेको भन्दै चन्दले बहिस्कार गरेका थिए । मंगलबार बेलुका कपिलवस्तु आइपुगेका सचिव चन्द र पोलिटब्युरो सदस्य खडकबहादुर विश्वकर्माले बुधबार र बिहीबार भेला आयोजना गरेका हुन् ।
गोप्य रुपमा आयोजना गरिएको यो भेला स्थल शिवगढी जंगलको कुन क्षेत्रमा छ भन्ने गोप्य राखिएको छ । भेलामा ४१ जिल्लाका प्रतिनिधि सहभागी भएको एक सहभागीले बताएका छन् । भेलामा कपिलवस्तुका जिल्ला इन्चार्ज एवं चन्दका दाजु चन्द्रबहादुर चन्द, सहइन्चार्ज संगम पुन, अर्घाखाँचीका इन्चार्ज भेषराज भुसाल, रुपन्देहीका इन्चार्ज वसन्त श्रेष्ठ, नवलपरासीबाट बाला थापा , रोल्पाबाट सञ्जीव रोका तथा केही केन्द्रीय सदस्यहरुको समेत सहभागिता रहेको बुझिएको छ ।
स्रोतका अनुसार सहभागी सबैको मोबाइल स्विच अफु गरी बाह्य सम्पर्क निषेध गरिएको छ। भेलामा १ सय ३० बढीको सहभागिता रहेको बुझिएको छ । १२ वर्षे द्वन्द्वकालमा माओवादीले शिवगढीलाई आधार क्षेत्र बनाएर गतिविधि सञ्चालन गरेको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!