प्रियंकालाई तनाव दिन्छ कसिलो पहिरनले

- November 3, 2014 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा कला र गला दुवैका कारण चर्चामा छिन् । उनको व्यक्तित्व यति चुलिएको छ कि उनी जुन कार्यक्रममा पुग्छिन्, त्यो कार्यक्रम भव्य हुन्छ । यो कुरा चलचित्रमा पनि लागू हुन्छ । सबै दृष्टिबाट सफलता पाइरहेकी प्रियंकालाई के को तनाव रु कसले दिएको होला तनाव र खुलदुली हुने नै भयो ।
प्रियंकालाई तनाव अरु कसैले दिएको नभएर आँफैले निम्त्याएकी हुन् । आँफैले लगाएको पहिरनको कारण प्रियंका आफूलाई मात्र होइन, आयोजक र दर्शकलाई समेत असजह महसुस भएको छ । पहिरनमा निकै चुजी र स्टाइलिस्ट मानिने उनले आबुधाबीमा भएको चलचित्र महोत्सवको रेड कार्पेटमा उनी पहिरनमा चुकिन् ।
महोत्सवको रेड कार्पेटमा उनले लगाएको पोसाक आकर्षक र सुन्दर भएपनि यति टाइट थियो कि सबैलाई असहज महशुस गराउने । छाला रंगको उनले लगाएको पहिरनले उनको आलोचना समेत भएको छ । उनले कार्यक्रममा म्युजिक एण्ड डान्स शोमा पनि आफ्नो प्रस्तुति दिइन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!