कलाकारितामा भविष्य खोज्दै निर्मल विष्ट

- November 3, 2014 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मान्छेहरु आफ्नो नाम कमाउनको लागी विभिन्न पेशा, व्यवसाय र क्षेत्र अंगाल्ने गर्छन् । सबै जनालाई आफु केही न केही गरेर अरुको सामुने चिनिने रहर हुन्छ । त्यसमा पनि कलाकारिता क्षेत्र भनेको छिटो चिनिने माध्यम हो । कलाकारिताको माध्यमबाट आफ्नो भविष्य खोज्न लागि परेका एक युवा हुन् निर्मल बिष्ट ।
काभ्रे जिल्लाको महेन्द्र ज्योती गा बि स जन्मस्था भएका बिष्टको उचाई ५ फुट ७ ईन्च छ । उनको औपचारिक शिक्षा आजद हायर सेकेण्डरी स्कुलबाट भएको हो भने मास्टर्स डिग्री ९ त्रिभुवन बिश्वबिद्धालयबाट भएको हो ।
कलाकारिता क्षक्षेत्रमा लागेर नाम कमाउने धोको बोकेका बिष्टले पहिलो पटक अभिनय गरे टेलिचलचित्र एण्टेना प्रसाद कुनै बेला अरनिको टेलिभिजनमा चर्चित थियो । उक्त टेलिचलचित्रले उनलाई चिनाएन मात्र थप अगाडी बढ्न प्रेरणा समेत दियो । कान्तिपुर टेलिभिजन मार्फत प्रसारण हुने चर्चित टेलिश्रृङ्खला किलो ट्याङो माइक मा समेत उनले अभिनय गरे । जोसँग काम गरे पनि छिटो मान्छेको मनमा बस्न सक्ने मिलनसार स्वभाव भएका विष्टले छोटो समयमा धेरै सफलता पाई सकेका छन् । उनले हालसम्म ७ वटा म्युजिक भिडियोमा समेत अभिनय गरि सकेका छन् । चचर्चित गायक कर्णदासले गाएको जादैछु टाढा बोलको गीतबाट म्युजिक भिडियोमा पाईला चालेका बिष्टले अञ्जु पन्त, प्रमोद खरेल, आनन्द कार्की लगायतका चर्चित गायक गायिकाले गाएका गीतहरुमा अभिनय गरि सकेका छन् भने तीजका गीतमा समेत अभिनय गरेका छन् । परिस्थिति नामक छोटो चलचित्र र द रिएल आर्टिस्ट नामक ठूलो पर्दाका चलचित्रमा अभिनय गरि सकेका विष्ट आफ्नो भूमिका हेरेर मात्र अभिनय गर्ने गर्छन् । उनले कलाकारितालाई नै आफ्नो भविष्यको लक्ष्य बनाएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!