चावहिलको गोपीकृष्ण नगरमा आगलागी

- October 25, 2014 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

आगलागी नियन्त्रणमा प्रहरी र दमकलको वेवास्थाको आरोप

कठमाडौं । चावहिलको गोपीकृष्ण नगरको एक घरमा आगलागी भएको छ, सो आगलागी नियन्त्रणमा प्रहरी र दमकलले आज वेवास्था गरेको आरोप स्थानीयहरुले लगाएका छन् ।
काठमार्डौं महानगर पालिका वडा नं। ७ गोपीकृष्ण नगर स्थीत विमा समिति निजिकैको एक घरमा आगलागी भएको छ । सो आगलागी दुर्गा लिम्बु डेरा गरी बस्ने कोठामा भएको हो । सो आगलागी नियन्त्रणका लागि स्थानीयवासीहरुले प्रहरी कन्ट्रोल र दमकलमा पटक पटक सम्पर्क गर्दा फोन नउठेको आरोप लगाएका छन् ।
स्थानीय बासी र बाटो हिड्ने बटुवाहरुको प्रयासबाट आगलागी नियन्त्रणमा आएको भएतापनि प्रहरी र दमकल आगो नियन्त्रण पछि मात्र पुगेको स्थानीयहरुले जनाएका छन् । बालुवा र पानी हालेकै भरमा आगो नियन्त्रण गर्न सफल भएका स्थानीयबासीहरुले प्रयासले आगो नियन्त्रणमा आएको कारण ठूलो क्षती हुन नपाएको समाचारदाता दिपक भुजेलले बताएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!