साझा प्रतिबद्धता पूरा हुन्छन् ः मोदी

- August 5, 2014 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल(भारत सम्बन्धको नयाँ जग बसाल्ने दिशामा र द्धदेशीय अन्तर सम्बन्धलाई अझ प्रगाढ तुल्याउन कुनै कसर बाँकी नराखिने बताएका छन्। दुईदिने काठमाडौं भ्रमण पूरा गरेर दिल्ली फर्केपछि अबेर विज्ञप्ति जारी गर्दै विदेश मन्त्रालयले समृद्धि र विकासका साझा सपनालाई यथार्थमा रूपान्तरण गर्नु प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले नयाँ सुरुवात गरेको जनाइएको छ ।
स्रोत, क्षमता र विविधतामा सम्पन्न नेपालले आफ्नो समावेशी, समृद्ध र स्थायित्वले भरिपूर्ण भाग्य निर्माणमा छिट्टै सफलता हात पार्ने कुरामा म पूर्णतः विश्वस्त छुु मोदीको भनाइ छ। नेपाल भ्रमणमा आफूले पाएको आत्मीयता र स्वागतबाट प्रफुल्लित बनेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले आफूलाई आफ्नो घर गएजत्तिकै अपनत्व अनुभव भएको जनाएका छन्। उनले आगामी नोभेम्बरमा काठमाडौंमा हुने सार्क सम्मेलन क्रममा नेपालका केही ठाउँ घुम्न पाउने अपेक्षा राखेका छन्। साथै, राजनीतिक स्थिरता र दिगो शान्तिका लागि जतिसक्दो राजनीतिक अन्तरसंवाद जरुरी रहेको सुझाएका छन्।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!