गृहणी नितुको मोडलिङमा अत्भुत क्षमता

415

काठमाडौं । कलाकारिता क्षेत्रमा लागेर स्थापित भएकाको संख्या त्यति धेरै छैन । अझ मोडलिङमा त रहरले मात्र होमिने र त्यति गतिमै पलायन हुने बग्रेल्ती रहेका छन् । किशोरी र अविवाहित मात्र मोडलिङमा आउनेगरेका छन् । तर, किशोरी तथा अविवाहितको भिड्मा एक गृहणी पनि होमिएकी छिन् । जसले श्रीमान् छोरी र सिंगो परिवारलाई डो¥याउनु पर्ने वाध्यता एकातर्फ हुदा हुदैपनि मोडलिङमा आएकी छिन् नितु कोइराला ।
गृहिणीका रुपमा उनको उमेर र अवस्थाका नारी घरमा मात्र सिमित रहँदा उनलाई म्युजिक भिडियोको सुटिङ र मोडलिङको चापले कज्याउँछ । उनी अर्थात् पाल्पामा जन्मिएर काठमाडौंमा बसोबास गर्दै आएकी कोइराला पछिल्ला दिनमा अभिनय क्षेत्रमा स्थापित हुने चरणमा छिन् । सानै देखि कलाकार बन्ने भूतले सताएपछि र ईच्छाशक्तीको आडमा कला क्षेत्रमा लागेकी उनी क्षमताले भरिपूर्ण सिमित कलाकर्मी मध्येमै गनिन्छीन् ।

wनाटक विधाकी पारङत कोइराला कुशल व्युटिसियन पनि हुन् । टिचर मुभीमा वेहुलीको भूमिका निर्वाह गरेकी उनले दर्जनौ म्युजिक भिडियोमा आफ्नो प्रतिभा कैद गराईसकेकी छिन् । उनको तिख्खर अभिनय कला विज्ञापनमा पनि हेर्न र देख्न सकिन्छ । स्नातक सम्मको अध्ययन गरेकी बहुमुखी प्रतिभाकी धनी मिलनसार र मृदुभाषी नितुले मिसेस नेपालमा पनि सहभागिता जनाएकी थिइन् । परिवारको पूर्ण समर्थन रहेको वताउने उनले छोटो समयमा धेरैको तारिफ र चर्चा बटुलिसकेकी छिन् । खाने मुखलाई जुँगाले छैक्दैन भन्ने उखान चाँही नितुको कलायात्रासँग मेल खाने प्रकृतिको नै छ ।

Facebook Comments

LEAVE A REPLY